NRNA NCC कतारद्वारा युवा जागरण र सशक्तिकरण सेमिनार कार्यक्रम सम्पन्न

Hollywood Khabar April 07,2018 Comments

६ अप्रील २०१८/दोहा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको युवा विभागद्वारा आयोजित कार्यक्रम एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा सालिमार रेष्टुरेन्टको हलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा एनआरएनए आईसीसीका मध्येपूर्व उपसंयोजक, मानार्थ परिषदका सदस्यहरु, आईसीसी सदस्यहरु, एनसीसी कतारका सल्लाहकारहरु लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु, संस्थाका पञ्जिकृत सदस्यहरु र अन्य ब्यक्तित्वहरुको उल्लेखनिय उपस्थिती रहेको थियो।

परिषद्को वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा.राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए । एनसीसी सचिव रामजी खत्री, प्रवक्ता अशोक तामाङ र युवा सहसंयोजक नारायण भण्डारीले टिपोटकर्ताको भूमिका निर्वाह गरेका थिए।

एनआरएनए प्रति युवा तथा दोश्रो पुस्ताको चासो कसरी बढाउन सकिन्छ भन्ने विषयमा अनुभवी एनआरएनए अभियन्ताहले सहजिकरण गर्नुभएको थियो। कार्यक्रममा एनआरएनए दृष्ट्रिकोण युवा वर्गमा हस्तान्तरण र समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने विषयमा परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ताहरु कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांक सहित प्रकाश पारेका थिए।

सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनहरुमा आइसीसी मानार्थ परिषद सदस्य बिल गुरुङ, एनसीसी सल्लाहकार तथा पूर्व महासचिव क्रान्ति सिंह र सामाजिक अभियन्ता शनी कुमार ओली समिक्षक तथा समालोचकको भूमिकामा रहनुभएको थियो। साथै सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए। त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र आईसीसी मानार्थ परिषद सदस्य नरेन भाटले शुभकामना मन्तव्य राखेका थिए ।

सहभागीहरु मध्ये अधिकांसले युवा विभागको यो नौलो र उपलब्धिमुलक कार्यक्रम भएको र यस्ता कार्यक्रमहरु बेला बेलामा आयोजना गर्न पनि सुझाब राख्नुभएको छ । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरणा मिल्ने बताउदै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद दिएका थिए।

कार्यक्रम महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाा के सी को सञ्चालनमा उपसयोजक नारायण भण्डारीले प्रतिबेदन सहित निस्कर्ष सुनाएका थिए। कार्यक्रममा प्रथम उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य राखेका थिए।