NRNA: कतारमा नया वर्ष २०७५ कार्यक्रम सम्पन्न

Hollywood Khabar April 14,2018 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित ४५ वटा संघ संस्थाहरुको संयुक्त आयोजनामा १३ अप्रिल २०१८ का दिन नेपाली नयाा वर्ष २०७५ शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन पोखरेलको सभापतित्वमा नेपाली दुतावासका महामहिम राजदुत प्रा. रमेश प्रसाद कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमामा विशेष अतिथिहरु दुतावास परिवारबाट शुष्मा कोईराला, नियोग उप प्रमुख मणिरत्न शर्मा, कन्सुलर शिव पोखरेल, प्रथम सचिव उत्तमराज जोशी, प्रथम सचिव गायत्री बहादुर पौडेल र श्रम सहचारी नरेन ज्ञवाली रहनुभएको थियो ।
त्यसैगरि विशेष अतिथि कै रुपमा एनआरएनए मध्यपूर्व संयोजक आर के शर्मा, आईसीसी मानार्थ परिषद सदस्यहरु टि.बि. कार्की नरेन भाट, बिल गुरुङ, महेन चौलागाई आईसीसी सदस्यहरु बिमल सुवेदी, कुमार कार्की, एनसीसी प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष बिनेश तामाङ र आईसीसी पूर्व सदस्य हंसराज ढकाल रहनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय गान प्रस्तुत गरे पश्चात उपस्थित सम्पूर्णलाई आयोजको तर्फबाट नेपाली महिला समाजकी कार्यबाहक अध्यक्ष अमिना खानले स्वागत मतव्यद्वारा स्वागत गरेसंगै प्रमुख अतिथि महामहिम राजदुत प्रा. रमेश प्रसाद कोईरालाले दिप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत प्रा. रमेश प्रसाद कोईरालाले औपचारिक कार्यक्रमको सुरुवातमै शुभकामना मन्तव्यद्वारा सम्पूर्ण नेपालीहरुलाई नेपाली दुतावास परिवारको तर्फबाट नयाा वर्ष २०७५ को शुभकामना व्यक्त गर्नुभएको थियो।
मन्तव्यको क्रममा उहााले भन्नुभयो, कतारमा एउटा नेपाली हाउसको आवश्यकता छ र त्यसको पहल भईरहेको छ। अबको नया वर्ष नेपाली हाउसको उद्घाटन संगै त्यही स्थलमा शुभकामना आदान(प्रदान गरी नयाावर्ष
मनाउन पाउनेछौं।
कार्यक्रममा एनआरएनए आईसीसीको तर्फबाट मध्यपूर्व संयोजक आर.के. शर्मा, नेपाली प्रवासी मंच कतारका कार्यबाहक अध्यक्ष द्रोण बहादुर बस्नेत, नेपाली जनसम्पर्क समितिक महामन्त्री मो अजिज अलि, जनप्रगतिशील मंच कतारका सह संयोजक राजु डुम्रे, तराई मधेश प्रवासी मंच कतारका अध्यक्ष हुसेन खान, अन्तर्रा्ष्टि्रय नेपाली समाज कतारका संयोजक देव परियार, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका महासचिव शिव भुजेलले शुभकामान मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी दलित संस्थाहरुको प्रतिनिधित्व गर्दै दलित एकता संजाल, राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष किरण परियारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी शुभकामान मन्तव्य राख्ने क्रममा जिल्ला संस्थाहरुको तर्फबाट प्रदेश नं. १ को सम्पूर्ण जिल्ला संस्थाहरुको प्रतिनिधित्व गर्दै तेह्रथुम सेवा समाज कतारका अध्यक्ष सन्तोष खड्का, प्रदेश नं. २ र ३ को तर्फबाट मकवानपुर मिलन केन्द्र कतारका अध्यक्ष रमेश तिवारी, प्रदेश नं. ४ को तर्फबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारका अध्यक्ष रमेश पौडेल, प्रदेश नं. ५ को तर्फबाट अर्घाखााची सेवा समाज कतारका उपाध्यक्ष केदार भुषाल र प्रदेश नं. ६ र ७ को तर्फबाट सुदुरपश्चिमेली नेपाली समाज कतारका बरिष्ठ उपाध्यक्ष प्रेम चलाउनेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कलाकार भरत के सी को यो देश फेरी भन्छ बोलको गीतमा देशभक्ति नृत्यसंगै सुरु भएको सांस्कृतिक प्रस्तुतिका क्रममा नेपाल प्रवासी तामाङ समाज कतारबाट सेलो नृत्य र गायन, नेपाल मगर संघ, शाखा कतारबाट हुर्रा नृत्य, तमु-गुरुङ० समाज कतारबाट सालैजो नृत्य, प्रदेश नं. १ जिल्ला संस्थाहरुको तर्फबाट संखुवासभा समाज कतारले मारुनी नृत्य र धनकुटा प्रवासी सेवा समाज कतारबाट गायन, प्रदेश नं। २ बाट मैथली नृत्य, प्रदेश नं। ३ बाट क्यारी केचर, प्रदेश नं. ४ बाट सामुहिक कौडा नृत्य, प्रदेश नं. ६ र ७ बाट देउडा नृत्य लगायत अन्य विभिन्न संस्थाका कलाकारहरुको जोडदार
गायन र नृत्यद्वारा उपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए।
कार्यक्रमको अन्तिममा एनआरएनए एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संघ(संस्था समन्वय समितिका संयोजक तेज कटुवालले कार्यक्रममा विभिन्न पक्षबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने साथै कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमलाई कार्यक्रमको सभापति एनआरएनए एनसीसी कतारका अध्यक्ष नगेन्द्र पोखरेलले कार्यक्रम समापन गर्नुभएको थियो। उहांले कार्यक्रम भब्य रुपमा सफल भएको छ र सम्पन्न गर्न कार्यक्रम आयोजक संस्थाहरुले पटक पटक छलफल गरी दिएको म्यान्डेट अनुसार कार्यक्रम सञ्चालन भएको जानकारी गराउनु भयो । यस कार्यक्रममा भएका कमी कमजारी सफलता असफलता बारे हामी आयोजक संस्थाहरुले त्यसको जिम्मेवारी लिनु पर्ने जनाउदै आगामी दिनहरुमा पनि यस्तै यसरी नै सहकार्यको लागि अनुरोध गर्नु भयो।
कतारमा कृयाशील ४५ वटा संस्थाहरुद्वारा संयुक्त आयोजना भएको त्यस कार्यक्रमलाई सफल पार्न सबै आयोजक संस्थाहरुले विभिन्न जिम्मेवारी बहन गरेका थिए। कतारमा स्थापित विभिन्न संघ(संस्थाका प्रमुख तथा ति संस्थाका पदाधिकारी तथा सदस्य आवद्ध गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार सामाजिक संस्थाहरुका साझा संस्थाको हैसियतले विभिन्न समयमा चरणवद्ध रुपमा यस्ता सामुहिक कार्यक्रमहरुको समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ ।
संघकै समन्वयमा यस अघि नया वर्ष २०७४ को शुभकामना आदान प्रदान, बडा दशौ, तिहार, छठपर्व, बुद्ध जयन्ती जस्ता सम्पूर्ण नेपालीले मान्ने गरेका राष्ट्रिय पर्वहरु संयुक्त रुपमा आयोजना गरि सबै संस्थाहरुविच आपसी सम्बन्ध र भाईचाराको विकास गर्न साथै आर्थिक भारलाई समेत कम गराउने अभियान स्वरूप संघको समन्वयमा चौथौं कार्यक्रमको रुपमा यस कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रम एनसीसी कतारका महासचिव बुधवल गुरुङ र तमू (गुरुङ) समाज कतारका महासचिव तेज गुरुङले संचलान गर्नुभएको थियो ।
अशोक तामाङ
प्रवक्ता
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार