-एनआरएनए एनसीसी कतारले कोभिड १९ मा गरेका गतिबिधि

एनआरएनए एनसीसी कतारले कोभिड १९ मा गरेका गतिबिधि

Hollywood Khabar April 28,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतारले कोरना भाइरस रोग (कोभिड १९) कारण नेपाली समुदायमा थुप्रै राहत र सहयोगका काम गरेको छ।

कोभिड १९ ले कतार स्थित नेपाली समुदायमा पर्न गएको असरप्रति एनआरएनए एनसीसी कतारका केहि गतिविधिहरु यहाँ प्रस्तुत गरिएको छ।

बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको

विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति एनआरएनए एनसीसी कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा एनसीसी कतारको श्रमिक कोष मार्फत २७ अप्रिल २०२० का दिन कतारका विभिन्न ठाउँमा रहेका कोरना भाइरसको समस्याबाट प्रभाबित ६३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत हस्तान्तरण गरेको छ।

जसमध्य ६० जना महिलाका लागि चामल १७५ के जि, तेल २० लिटर,दाल १५ के जि,प्याज ३० के जि, आलु ५० के जि, चना १५ केजि र ३ जना पुरुषहरुका लागि चामल १५ के जि,दाल ३ के जि, सोयाबिन ३, प्याकेट, नुन ३ प्याकेज, आलु,६ के जि, सिजनेबल तरकारी ६ के जि,टमाटर ५ के जि र केही चाउचाउका प्याकेजहरु बाढीएको सबैमा जानकारी गराउदछौ।

राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी आईसीसी मध्यपुर्ब सम्योजक प्रबिण गुरुङ्ग, एनसीसी परिवार र राहत तथा उद्दार समिति सदस्य ज्युहरुप्रति आभार प्रकट गर्दछौ।

बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति

एनआरएनए एनसीसी कतार

२७ अप्रिल २०२०