-NRNA अमेरिका चुनाव:पुर्ण चन्द्र बानिया बोर्ड सदस्या उम्मेध्वार

NRNA अमेरिका चुनाव:पुर्ण चन्द्र बानियाले उपाध्यक्ष छोडेर किन बोर्ड सदस्यामा उम्मेध्वारी दर्ता गरे ?

Hollywood Khabar April 25,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा पुर्ण चन्द्र बानियाले उपाध्यक्ष छोडेर बोर्ड सदस्यामा उम्मेद्वार भएका छन्।

काठमाण्डौको किर्तिपुरका बानिया २०१५-२०१७ मा एनआरएनए एनसीसी अमेरिकाको क्यालिफोर्निया च्याप्टरका अध्यक्ष थिए। त्यसपछि पनि उनी संघको गतिबिधिमा निरन्तर छन्। यस पटकको निर्वाचनमा उनी क्षेत्रिय उपाध्यक्षमा आफ्नो चुनावी प्रचार-प्रसार प्रबल रुपमा गर्दागर्दै उम्मेद्वारी दर्ताको अन्तिम मिनेटमा आएर नाटकिय रुपमा बोर्ड सदस्यमा दर्ता गरे।

बिद्यार्थी जिबनदेखी नेपाल बिधार्थी संघ र पछि नेपाली काँग्रेसको राजनितिमा रहेका बानियाले सस्थाप्रति आफूले फेरि त्याग गरेको बताए। एउटै राज्यबाट एउटै पदमा एक आपासमा चुनाव लड्नु र मेरो गोरुको बाह्रै टक्का भन्नु सस्थागत हित नहुन सक्छ। पद खोजेर होईन काम गर्ने फराकिलो सोच लिएर आफूले यस्तो गरेको उनले बताउए।

बानियाको यो उद्दारताले अर्का पर्तिस्पर्धी सर्बज्ञ वाग्लेलाइ बाटो खुल्ला र सहज भएता पनि वाग्लेले हाल सम्म धन्यवाद समेत ज्ञापन गरेका छैनन्। सहमती र सहकार्यले नै संस्थालाई अघि बढाउने कडी हुने हुनाले आफूले सहमतिको लागि छोडेको कुरा बानियाले बताए।

बानियाले यो सहमति संगै आफू बोर्ड सदस्यमा उम्मेद्वार भएकाले २०१९-२०२१ कार्यकालका लागि आफुलाई अत्याधिका मतले जिताउन अनुरोध समेत गरेका छन्।