Dr Shesh Ghale, NRNA President and MS Jamuna Gurung, NRNA ICC Member

NRNA:अध्यक्ष डा घलेको तेश्रो कार्यकाल कि जमुना गुरुङको पहिलो?

Hollywood Khabar September 21,2017 Comments

कृष्ण के सी/अमेरिका
गैर आवासीय नेपाली संघको आगामी २०१७-२०१९ कार्यकालको लागि नेतृत्व छनोट समेत हुनेगरी अक्टोवर १४-१७, २०१७ मा काठमाण्डौमा आठौँ अधिवेशन हुँदैछ। अध्यक्षका उम्मेदवार र संभावनालाइ लिएर ब्यापक रुपमा बैठक र संचार हुन थालेका छन्। यसै संदर्भमा आजको यो लेखन पनि यसै विषयमा तीन वटा संभावनामा केन्द्रित रहने छ। अध्यक्ष डा शेष घलेको तेश्रो कार्यकाल, आइसीसी सदस्य जमुना गुरुङको अध्यक्षमा पहिलो कार्यकाल या अध्यक्षका लागि तेश्रो विकल्प।
१. अध्यक्ष डा शेष घलेको तेश्रो कार्यकाल कति सान्दर्भिक र आवश्यक भन्ने कुरा हेर्नु जरुरी भएको छ।
सबैतिरबाट राम्रो मानिएका, काम मात्र खुरुखुरु गर्ने, आफ्नै खर्चमा संघ चलाउन महिनौ सम्म सबै कुरा त्यागेर लागि पर्ने व्यक्ति डा घलेलाइ अध्यक्ष पाउनु हामी एनआरएनहरुको अहोभाग्य नै मान्नुपर्छ।
पहिलो कार्यकालमा पुराना निर्णय जो थन्किएर बसेका थिए त्यसैलाई कार्यान्वयन गर्नु नै उहाँका लागि समय खर्चभयो। पहिला नै निर्णय गरिएको भएता पनि डा घले अध्यक्ष नभएको भए संघको मुख्यालय क्याम्पस बन्ने सुरसार नै हुने थिएन। आपद र राहतमा पहिला पनि सहयोग त हुन्थ्त्यो तर स्थानिय स्तरमा र पिडित सम्म पुगेर होइन। तर उहाँको कार्यकालमा त्यो सबैले देखेका छौं हामीहरुले। कति पटक त नेपाल सरकारसंग पनि धेरै टसल्ली बेहोर्नु पर्यो उहाँले। तर पनि उहाँको काम निरन्तर गयो।
अवश्य पनि डा घले नभए पनि ति सबै काम त हुन्छन र हुनेथिए नै तर पहिलाको जस्तै हुन्थे। निर्णय गर्ने र काम नगर्ने। गरिस भन्दा गरें र देखाउनका लागि मात्र हुनेछन भन्ने कुरा अध्यक्षका अन्य आकांक्षीहरुको हालसम्मको अवस्थाले देखाएको छ। यहि कुरा संघको लागि मुख्य हो र गुदीको कुरा हो। काम सही रुपमा कसले गर्छ भनेर हेर्ने बेला पनि हो यो। त्यो अर्थमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो देखि पूर्व अध्यक्षहरु र संघका ICC नेतृत्व अनि ७५ वटै एनसीसीहरुले यो कुरा यो समयमा बिचार गर्नु जरुरी छ। सबैको सोच यउटै भयो भने, सबैको मायाँ संघप्रति गयो भने अध्यक्ष डा शेष घलेको तेश्रो कार्यकाल सम्भव र आवश्यक दुवै छ। त्यसको प्रकृया मैले भनिरहनु पर्दैन सबैले जानेका र बुझेका छन्।
हुन त २०१५ मा नै डा घलेको दोश्रो कार्यकालका लागि आकाँक्षा गर्दा गुलियो धेरै खायो भने तीतो हुन्छ भन्थे एकाथरीले। तर वास्तावामा उहाँको दोश्रो कार्यकाल तीतो होइन झन गुलियो हुनपुग्यो। अध्यक्ष डा शेष घलेको आवश्यक्ता र कामको चाप अनुसार त्यो गुलियो अर्को एक कार्यकाल सम्म पनि गुलियो नै हुन सक्छ।  त्यसलाई प्रमाणित गर्ने आधारहरु अनगिन्ति छन्। त्यसैले यो प्रयास गर्नु पहिलो आवश्यकता हो।
२. आइसीसी सदस्य जमुना गुरुङको अध्यक्षमा पहिलो कार्यकाल किन र कसरी भन्ने पाटो झन् महत्वपूर्ण छ
पहिलो विकल्प अध्यक्ष डा शेष घलेको तेश्रो कार्यकाल संभव भएन भने या उहाँले तेस्तो कुरा आकाँक्षा गर्नुभएन भने पनि संस्थाको हितार्थ या भनौ संघलाइ सुरक्षित गर्न उहाकै कार्यकालका बाँकी ४ प्रमुख काम पुरा गरेर र थप इच्चाहीमा लैजान योग्य व्यक्ति हेर्नुपर्ने हुन्छ। अब कुरा उठ्छा त्यस्तो व्यक्ति को हो त भन्ने कुरा उठ्छ।
अवश्य पनि ति सबै बिषयहरु NRNA Vision 2020 & Beyond, लाप्राक नमुना बस्ति परियोजना, NRNA मुख्यालय क्याम्पसको निर्माण सम्पन्न र NRNA लाइ गैर आवासिय नेपालीहरुको संयुक्त राष्ट्रसंघ बनाउने, संघको सदस्य २४ सै घण्टा विश्वभरिबाट बन्न सकिने र त्यो सबैलाइ एउटै विण्डोबाट लैजाने अध्यक्ष डा शेष घलेको सपना पुरा गर्न योग्य व्यक्ति भनेको आइसीसी सदस्य जमुना गुरुङलाइ अध्यक्षलाइ अध्यक्षको लागि प्रत्यासी बनाउनुको अर्को र्विकल्प छैन।
बाँकी सबै परियोजना र संस्थाको संस्थागत बिकास अनि वर्तमान सन्दर्भ दशकौं पछि NRNA कस्तो हुने भन्ने सपनाको सार्थकता अरु कसैले दिन सक्दैन भन्ने कुरामा ठोकुवा नै गर्न सकिन्छ। अध्यक्ष हुनु, नेता हुनु र नेतृत्व लिनु त सामान्य मानिएला तर नतिजा दिने र दिर्घकालीन योजनाको सफल नेतृत्व दिने व्यक्त नै आजको आवश्यकता हो। पछिल्लो समयमा देखिएको नेतृत्वको खिचातानीले संघको सपना सफल पार्न र बाँकी परियोजना पुरा गर्न आइसीसी सदस्य जमुना गुरुङ अध्यक्ष बन्नुको विकल्प छैन।
जब ति सबै कुरा एउटा लाइनमा जान्छ, सिस्टममा जान्छ अनि जो कसैले पनि संघको नेतृत्व लिंदा फरक पर्दैन। किन कि त्यो बेलाको संघ भनेको ड्राइभ गर्ने मात्र हो।      
३. यी दुवै व्यक्ति बाहेक अध्यक्षका लागि तेश्रो विकल्प हेर्ने कुरा पनि उठ्ने नै भयो त्यसैले यसबार पनि अलिकति उठाउनु सान्दर्भिक हुनेछ।
एकाथरी आकांक्षीहरुको भनाइ के छ भने अध्यक्ष डा घलेले दुइ कार्यकाल गरेकोले अब बिदा हुनुपर्छ आफु आउने र जमुना गुरुङ आउने कुरा उठाउनु हुन्न। अर्काथरीको तर्क छ कि अब दुइमा एक नभए संघको दिगो बिकास हन्न। फेरि कुरा संघको बृहत्तर बिकासको आउँछ भने संघलाइ छायाँमा पारेर दाल-तरकारीको कुरा गर्नु भनेकै नेतृत्वको लागि असक्षम आकांक्षी हुनु हो। सफल नेताले भिजनलाइ जोड दिन्छ, व्यक्तिलाई होइन। डा घलेले कुनै पनि व्यक्तिलाइ च्यापेको छैन बरु हजारौं अनावश्यक हण्डर झेलेको छ संघको लागि तर पनि निरन्तर काम गरेको कुरा सबैका सामु छ।
अन्तमा; सबैकुराको सारांस के हो भने कि त डा शेष घलेको अध्यक्षमा तेश्रो कार्यकाल होइन भने जमुना गुरुङको अध्यक्षमा पहिलो कार्यकाल नै हो। ऐले या यो पटक गैर आवासिय नेपाली संघको लागि उपयुक्त नेतृत्व छनोट को र कसरी भन्ने कुरामा तर्क-वितर्क त होला तर यथार्थमा असहमत हुने ठाउँ देखिंदैन। तर्क र प्रयास जति गरे पनि, अर्थ र अनर्थ जति लगाए पनि अन्तत तपाइको डोरी पचासौं हात बाट्नुहोस अन्तिम गाँठो एउटै हुनेछ।