-NRNA:अध्यक्ष भट्टले दिएको निर्णय अनुसार नभए विकल्पमा जाने-अध्यक्षका उपविजेता लम्साल

NRNA:अध्यक्ष भट्टले दिएको निर्णय अनुसार नभए विकल्पमा जाने-अध्यक्षका उपविजेता लम्साल

Hollywood Khabar May 25,2019 Comments

कृष्ण के सी/अमेरिका/५/२६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन २०१९ बाट अध्यक्ष सुनिल साहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

सो निर्वाचनबाट अध्यक्षमा उपविजेता बनेका सुर्य लम्सालले मे २६, २०१९ मा पत्रकार सम्मेलन गर्दै संघको अन्तराष्ट्रिय अध्यक्ष भबन भट्ट सहितको बैठकले गरेको निर्णय कार्यान्वयन गर्नु पर्ने कुरा राखेका छन्। यदि सो निर्णय कार्यान्वयन भएन भने आफूले विकल्पमा जान बाध्य हुने निर्णय सुनाएका छन्।