NRNA:एनआरएनएमा चुनावी गर्मी बढ्यो पन्तको पक्षमा को को?

0
shares

by Krishna KC | Updated: 15 Aug 2019

390 views
-NRNA ICC VP and President Candidate 2019-Kumar Pant

कृष्ण के सी/अमेरिका/८/१४/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर १३-१६, २०१९ काठ्माण्डौमा हुने ९ औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीसँगै चुनावी गर्मी पनि बढ्दै गएको छ। अध्यक्षका दुइ आकांक्षीहरुको विश्व दौडाहासँगै पक्ष र विपक्षको लुर्को पनि लम्बिन थालेको छ। तिनै मध्येका एक अध्यक्षका उम्मेद्वार वर्तमान उपाध्यक्ष कुमार पन्तको पक्षमा समर्थन गर्नेको लुर्कन बढ्ने क्रममा केहि नाम हलिउडखबरलाइ प्राप्त भएको छ।

कुमार पन्त एउटा गतिलो नेटवर्कसँगै अगाडि आएका आकांक्षी हुन्। पन्तका विपक्षीले यसलाई सिण्डिकेटको नाम दिएका छन्। सिण्डिकेटको अर्थ सामुहिक स्वार्थका लागि संयुक्त पहल भन्ने हुन्छ। गैरआवासीय नेपाली संघमा यस्तो पहल हुँदै आएको छ।

उसो त पन्तको विकल्प भनेकै कि घर जाने कि अध्यक्षका लागि प्रत्यासी हुने हो। त्यहि कारण कतिपयले उनलाई धेरै अगाडि नै चुनावी अभियानमा आएको भन्ने आरोप लगाएता पनि त्यो सहज रुपमा नै देखिने कुरा थियो। पन्तलाई नजिकबाट बुझ्ने हो भने उनका आफ्नै खाले समर्थक र सपोर्टरहरुको लुर्को बनेको र बढेको छ भन्छन।

वर्तमान नेतृत्वका थुप्रै व्यक्तिहरु, अग्रजहरु र आकांक्षीहरु पनि पन्तका पछाडी धेरै रहेछन। हाल सम्म प्रष्ट रुपमा देखिएका आकांक्षीहरुमा डा बद्रि के सी, सपिला राजभण्डारी, हिक्मत थापा, डा हेमराज शर्मा, सोनाम लामा, धर्मराज अधिकारी, गौरी जोशी, शिव बरुवाल, महेश श्रेष्ठ, एसी शेर्पा, संगीता मरहट्टा लगायतका आकांक्षीहरु रहेका छन्।

राज्नु वाग्ले थापा, रविना थापा र कृष्ण गिरीको भने प्रत्यासी हुने भनिएता पनि कता तर्फबाट हुने त्यो थाहा भएको छैन।