-NRNA:गैरआवासीय नेपाली संघको निर्वाचन सम्पन्न, कुमार पन्त अध्यक्षमा निर्वाचित

NRNA:गैरआवासीय नेपाली संघको निर्वाचन सम्पन्न, कुमार पन्त अध्यक्षमा निर्वाचित

Hollywood Khabar October 17,2019 Comments

कृष्ण के सी/काठमाडौं/१०/१८/१९

कुमार पन्त (जर्मनी) को अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व निर्वाचित भएको छ।

उपाध्यक्षहरुमा डा बद्रि के सी (रसिया), सोनाम लामा (अमेरिका), अर्जुन कुमार श्रेष्ठ (बेल्जियम) र मन के सी (अष्ट्रेलिया) अनि महिला उपाध्यक्ष तर्फ रविना थापा (अमेरिका) निर्वाचित भएकी छन्।

त्यसैगरी, महासचिवमा डा हेम राज शर्मा, सचिव गौरी राज जोशी, आर के शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सह कोषाध्यक्ष लोक प्रसाद दाहाल, महिला संयोजक भोमा देवी गुरुङ, युवा संयोजक हिमाल गुरुङ निर्वाचित भएका छन्।