-गैरआवासीय नेपाली संघका अध्यक्ष पन्त र IOM का नेपाल प्रमुख विच बैठक सम्पन्न

गैरआवासीय नेपाली संघका अध्यक्ष पन्त र IOM का नेपाल प्रमुख विच बैठक सम्पन्न

Hollywood Khabar February 14,2021 Comments

आज मिति २०७७ साल फाल्गुण ३ गते तदनुसार १५ फेब्रुअरी २०२१ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र अन्तराष्ट्रिय आप्रवासी संगठन (International Organization for Migration) का नेपाल प्रमुख (Chief of Mission) लोरेना ल्याण्डो (Ms. Lorena Lando) का विच बैठक सम्पन्न भयो।

बैठकमा मुख्यतया द्विपक्षीय हितका विषयमा कुराकानी भयो । विशेष गरेर दुवै संस्थाका विच आगामी दिनहरुमा साझा उद्देश्य र बैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुको भलाई तथा अन्य सरोकारका क्षेत्रमा रणनैतिक रुपमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समेत कुराकानी भयो। उक्त बैठकमा बैदेशिक रोजगार तथा कल्याणकारी विभागका तर्फबाट कार्यक्रम ब्यवस्थापक राजेन्द्र कुमार राउतको समेत उपस्थिति रहेको थियो ।

सचिवालय

गैरआवासीय नेपाली संघ

मितिः १५ फेब्रुअरी २०२१