NRNA मा लुट सुरु अध्यक्षको मनोमानी खर्च १० लाख प्रशताव

Hollywood Khabar January 30,2018 Comments

कृष्ण के सी/अमेरिका गैरआवासीय नेपाली संघको वर्तमान नेतृत्वले गरेका एक दर्जन भन्दा धेरै अलोकप्रिय प्रयास र संघलाइ देखाउने दौरा र लुकी खाने कचौरा बनाउन लागेको कुरा हलिउडखबरले नियमित रुपमा खबरदारी गर्दै आएको छ।
पछिल्लो समयमा आएर संघको सचिवालयमा कार्यरत कार्यकारी निर्देशक राजेश शंशेर राणालाइ हटाएर बयोबृद्ध डा हेमन्त दवाडीलाइ नियुक्ति दिइयो। केश अदालतमा पुग्यो। यस्तो गर्नुमा पैसाको खेलो गर्न हो भन्ने सबैबाट लगाइएको आरोप छ। त्यो आरोप अन्तत सत्य सावित भएको छ। हाल आएर संघको कोष रित्याउने प्रकृया फरक रुपमा सुरुभएको छ।
हालै आब्हान गरिएको संघको ६१ औं आइसीसी बैठकमा संघको कोषबाट पैसा रित्याउन अध्यक्ष, कोषाध्यक्ष र CEO लाइ मनोमानी खर्च ब्यबस्था बढाएर प्रश्ताव गरिएको छ। संघको २०६८ को व्यवस्थालाई फेर्न गरिएको यो प्रश्ताव अनुसार अध्यक्षलाइ १० लाख, कोषाध्यक्षलाइ २ लाख र CEO लाइ १ लाख मनोमानी खर्च ब्यबस्था गरिएको छ। अध्यावधिक ब्यबस्थामा अध्यक्षलाइ ५ लाख, कोषाध्यक्षलाइ १ लाख र CEO लाइ १० हजार सम्मको खर्च बिना स्वीकृति गर्न सक्ने ब्यबस्था थियो।
यो समयमा मनोमानी खर्च ब्यबस्था किन बढाउनु परेको भन्ने प्रश्न केही आइसीसी सदस्यहरुले गरिसकेका छन। यति मात्र होइन उनीहरुले सो परिमार्जन नगर्न चेतावनी समेत दिएका छन। संघको नेतृत्व साम, दाम र दण्डभेद गरेर पनि सो प्रश्ताव पास गराउने पक्षमा छ। अब आइसी बैठकमा सदस्यहरुको सहमति र विमति कसरी प्रस्ततु हुने हो त्यो भने हेर्न बाँकी छ।
संघको आगामी ६१ औं बैठकमा महासचिव डा बद्रि के सीले आफूले गरेको गल्तिप्रति माफी माग्ने कुरा पनि चर्चामा रहेको छ।