-एनआरएनए एनसीसी चीन, दक्षिण कोरिया र मकाउको सहयोग मन्त्रालयलाई हस्तान्तरण

एनआरएनए एनसीसी चीन, दक्षिण कोरिया र मकाउको सहयोग मन्त्रालयलाई हस्तान्तरण

Hollywood Khabar May 20,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चीन, दक्षिण कोरिया र मकाउको सहयोगबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।

मे २१, २०२० का दिन एनआरएनए एनसीसी चीन, दक्षिण कोरिया र मकाउको सहयोगमा प्राप्त भएको स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक समारोह वीच संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो। सहयोग प्राप्त सामानहरुमा केएन नाइन्टी फाइव मास्क १२००० थान, शु-कभर, २००० थान, चश्मा २००० थान र आइआर थर्मामिटर १९० थान थिए।

यस समारोहमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका शाखा अधिकृत केदार उप्रेती, गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणा र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्राको सहभागीता रहेको थियो।

यसै सन्दर्भमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिणकारिया र मकाउ प्रति हार्दिक आभार प्रकट गर्नु भयो।

सचिवालय

गैरआवासीय नेपाली संघ

मे २१, २०२०