-NRNA अमेरिकाज बैठकमा नागरिकताको निरन्तरता र अन्य बिषय सहितको राजनैतिक फोरम

NRNA अमेरिकाज बैठकमा नागरिकताको निरन्तरता र अन्य बिषय सहितको राजनैतिक फोरम

Hollywood Khabar September 03,2020 Comments

उपस्थितिको लागी हार्दिक अनुरोध

गैरआवासीय नेपाली संघ (एनअरएनए) को अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक सेप्टेम्बर ४, ५ र ६, २०२० मा आयोजना गरिएको छ। एनअरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठकको होष्ट एनअरएनए एनसीसी क्यानाडा रहेको छ। सेप्टेम्बर ४ मा उद्घाटन सत्र हुनेछ, ५ मा विभिन्न सेशनहरु र सेप्टेम्बर ६ मा ज्ञान सम्मेलन तथा समापन हुनेछन।

उक्त कार्यक्रम अन्तर्गत गैरआवासीय नेपालीहरूले उठाउँदै आएको माग नेपाली नागरिकताको निरन्तरता जसलाई नेपालको संबिधानमा गैरआवासीय नेपाली नागरिकता भनेर ब्यबस्था गरिएको छ। त्यसैगरी पैतृक सम्पत्तिमा हक तथा प्रवासमा रहेका नेपालीका राजनीतिक अधिकार (Continuation of Nepalese citizenships, Property and Political Right of NRNs) कार्यक्रम पनि रहेको छ।

सेम्प्तेम्बर ५, २०२० को बिहान ९:०० (EST) बजे सुरु हुने सो फोरममा नेपालबाट माननीय मन्त्रीज्यू देखि बिभिन्न राजनितक पार्टीका नेताहरुको प्रस्तुति रहने छ। उक्त बिषयमा याहाँहरूको कुनै जिज्ञासा अथवा सुझाव भएमा हामीलाई मेसेज गर्न सक्नु हुनेछ। निशुल्क रुपमा उपस्थित हुन सकिने उक्त कार्यक्रममा आफ्नो नाम दर्ता गरिदिन समेत आग्रह गर्दछौं। साथै सो कार्यक्रममा उपस्थित हुनका लागी तल दिएको zoom link र Password प्रयोग गरी उपस्थित हुन् पनि हार्दिक अनुरोध गर्दछु।

Zoom:- https://bit.ly/3juGnNP

PW :- 2020

Date :- 05 September 2020(Saturday)

Time: 09:00 (EST) (06:45 नेपाल को समय बेलुका)

शंकर खड्का

कार्यक्रम संयोजक

सेप्टेम्बर ३, २०२०