NRNA Official LOGO

NRNA:संघको फिजिकल बैठकमा कमिटी, एनसीसी अध्यक्ष र प्याट्रन सम्म आमन्त्रित

Hollywood Khabar December 20,2018 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघले आगामी जनवरी ११, २०१९ का दिन काठमाण्डौमा ब्यापक सहभागिता हुनेगरी संघको बिबिध बिषयमा छलफल र निर्णय समेत गर्न फिजिकल बैठक बोलाएको छ।

संघका महासचिव डा बद्रि के सीले डिसेम्बर १८, २०१९ मा जारि गरेको सूचना/निमन्त्रणामा जनवरी ११, २०१९ का दिन काठमाण्डौमा संघका प्याट्रन, सल्लाहकार, आइइएस पदाधिकारी, आइसीसी सदस्य, एनसीसी अध्यक्षहरु, NRNA टास्कफोर्स/कमिटी सदस्यहरु समेतलाइ फिजिकल बैठकमा निमन्त्रणा गरिएको संघका महासचिव डा के सीको इमेलमा उल्लेख छ।

संघको २०१७ मा भएको निर्वाचनबाट बनेको भबन भट्टको नेतृत्वले यो १६ महिनाको अबधिमा लाप्राक नमूना बस्ति निर्माण, अफिस बिल्डिं, शंखमूल पार्क जस्ता मेगा प्रोजेक्टहरुमा शंखमूल पार्क मात्र सम्पन्न गर्न सकेको छ। अफिस क्याम्पस निर्माण सम्पन्न भएको छैन। तर अफिस आफ्नो बिल्डिङमा सार्न सफल भएको छ।

त्यसैगरी यो अबधीमा पहिलो पटक बिधानसभा सम्पन्न गर्यो। बिधानमा थुप्रै परिमाजन गर्यो। तर सोही समयमा सम्पन्न गरेको बिज्ञ सम्मेलनको उपादेयता दिन दोश्रो चरणमा पुग्न सकेको छैन। क्षेत्रीय बैठकहरु सम्पन्न भए र हुने क्रममा छन्।

संघको सो फिजिकल बैठकमा मेगा प्रोजेक्टहरु, अध्यक्ष भट्टको १०० मिलियनको नेपालमा लगानी प्रश्ताव जस्ता बिषयमा छलफल, निर्णय र जिम्मेवारी समेतका हुने जानकारी महासचिव डा के सीले हलिउडखबरलाइ दिए।