-अध्यक्षका उम्मेदवार बनेका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य

NRNA:एनआरएनएको कुम्भ मेलामा अड्कलबाजी र पल्लाभारी

Hollywood Khabar October 10,2019 Comments

कृष्ण के सी/अमेरिका/१०/१२/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन २०१९ मा अध्यक्षका उम्मेदवार बनेका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यको उम्मेदवार र नतिजाबारे अड्कलबाजी सुरु भएका छन।

एनआरएनएमा अध्यक्षको प्रतिस्पर्धामा पन्तको सबै ६ वटै क्षेत्रमा ६०:४० अनुपात पुल नतिजा आएको समाचार गत सेप्टेम्बर १६, २०१९ मा नै हलिउडखबरमा प्रकासित गरिएको हो। तत्पश्चात थुप्रै प्रपगाण्डा अपनाएका आचार्य तत्लाक आएर मिडियाबाजी गर्न थालेका प्रमाण छर्लंङ्ग देखिएको छन्।

केहि दिन पहिला आचार्यको घरको शिसा चर्केको कुरा आएको थियो। त्यसलाई एउटा अनलाइनले पन्तलाई आरोप लगाउँदै उचाल्यो। आखिर आचार्य आफैले त्यसलाई त्यसो होइने भने। अनि त्यो अनलाइन आफैंमा अटल झर्यो। आचार्यले सुरुमा आफू नेपाली काँग्रेसको उम्मेद्वार हुँ भन्दा काँगेसका नेताहरुले नै पार्टीले एनआरएनएमा त्यसो गर्न नमिल्ने जवाफ दिएका थिए। त्यसको प्रमाण यो लेख्दै गर्ने व्यक्तिसँग छ।

राजनीतिकै सवालमा एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले संघमा राजनीति भन्ने कुरा उठ्नु असान्दर्भिक भनेका छन्। राजनैतिक आस्थाको नै कुरा गर्दा तत्काल क्षेत्रीय संयोजक देखि केन्द्रिय अध्यक्ष सम्मका २७-३० जना नेपाली काँगेसमा आस्था राख्ने उम्मेदवार मध्ये आधा भन्दा धेरै कुमार पन्तको सहकार्यमा प्रत्यक्ष देखिएका छन्। त्यसको लिष्ट नै प्राप्त छ। बाँकी मध्ये आधा त कता जाने भनेर स्पष्ट रुपमा आएका नै छैनन्।

कुल आचार्यको नजिक सहकार्य गर्न जानेहरुमा जम्मा-जम्मी केहिजना मात्र छन्। कुला आचार्य आफैं, जानकी गुरुङ र डा केशब पौडेल। अरु कोहि पनि नजिक हुने या स्वतन्त्र जाने भन्ने विचाराधीनमा छन्। यो लेख्दै गर्दा थुप्रै उम्मेद्वारहरुसंग गरिएको भला कुसारीले पनि केहि अनलाइनले दिएको ब्रेकिङ्ग न्यूज हावी होइन अदाजी आएको हो भन्ने प्रष्ट देखाएको छ।

कुराकानी कै सवालमा अध्यक्षका उम्मेद्वार कुमार पन्तले कुनै लिष्ट बनाएका छैन भनेका छन्। तर पनि उनीसंग सहकार्य गर्न आएकाहरुमा डा बद्रि के सी, सोनाम लामा, हिक्मत थापा, (सपिला राजभण्डारी-उम्मेद्वारी घोषणा नगरेको अवस्था) देखिएका छन्। त्यसैगरी डा हेमराज शर्मा, गौरी जोशी, आरके शर्मा, शिव बरुवाल समेत छन्। अनि महेश श्रेष्ठ र आङ् छिरी (एसी) शेर्पा पनि छन्।

रबिना थापा, मन के सी, बन्दना कोइराला, डिबी क्षेत्री लगायतसंग सहकार्यमा जाने या स्वतन्त्र जाने भन्ने जानकारी पाइएको छैन। त्यसैले उनीहरुकोबारे यहाँ केहि पनि लेख्न मिल्दैन।

महिला संयोजकका तीनैजना संगीता मरहट्टा, जुनु गुरुङ र भूमा लिम्बुले आफूहरु पनि कुमार पन्तसँगै सहकार्य गर्न चाहेको बताएका छन्। युवा संयोजकका दुइ उम्मेदवारले आफूहरु सहकार्य गर्न चाहेको दावी गरेका छन्। यति मात्र होइन आरसी र डिआरसीका थुप्रै उम्मेदवारहरु पनि पन्तकै पक्षमा देखिएका छन्। कतिपय उम्मेद्वारले कुमार पन्त र आफ्नो फ्लायर फेसबुकमा सँगै राखेर प्रचार गरेको पनि देखिएको छ।

पन्तसँग भेटघाट गर्नेहरुमा थुप्रै नेपाली काँगेसका नेताहरु पनि छन्। होटल याक एण्ड यतिमा नेवि संघका वर्तमान र पूर्व नेताहरु, जनसम्पर्क समिति र नेपाली काँग्रेसका महासमिति सदस्यहरु, केन्द्रिय सदस्य नै समेत सपोर्टमा आएको देखिएको छ।

अक्टुवर ११, संघको मुख्यालय प्राङ्गणमा अध्यक्ष पन्तको पक्षमा एउटा बेग्लै माहोल देखियो। उनका पछाडी थुप्रै उम्मेदवार, समर्थक, सपोर्टर, अग्रजहरु समेत देखिएका छन्। एनआरएनएको वेबसाइटबाट पब्लिक गरिएका प्रतिनिधिहरुको गणना गर्दा पनि पन्त ६० र आचार्यको ४० प्रतिशतको आधार देखिएको छ। कसैलाई मन परे या नपरे पनि यो सबैबाट के प्रष्ट हुन्छ भने-यो पटकका अध्यक्षमा कुमार पन्तको पल्लाभारी छ।