-NRNA:गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लिस्बन आइपुगे

NRNA:गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लिस्बन आइपुगे

Hollywood Khabar April 13,2019 Comments

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त दोश्रो नेपाल फेस्टिबलमा सहभागी हुन लिस्बन आइपुगेका छन्।

आइतवार देखी लिस्बनमा आयोजना हुने दोश्रो नेपाल फेस्टिबलमा सहभागी हुन पन्त आइतवार बिहान यहाँ आइपुगेका हुन्।पन्तको स्वागतको लागि विमानस्थलमा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिती थियो ।
लिस्बनको मुटु अलमेदा पार्कमा आयोजना हुने महोत्सवलाई भब्य बनाउन यहाँस्थित सरकारी अधिकारी समेत सकृय रुपमा लागि परेका छन्। पोर्तुगिसहरु समेत सहभागी गराउन लिस्बन महानगरपालिकाले आफ्नो वेबसाईट, फेसबुक पेज र सार्वजनिक स्थलहरुमा पनि प्रचार सामाग्रीहरु राखी नेपाल फेस्टिबलमा सहभागी हुन आह्वान गरेको थियो ।