-एनआरएनए अध्यक्षमा पन्त र आचार्यको भिडन्त पक्का,

NRNA:एनआरएनए अध्यक्षमा पन्त र आचार्यको भिडन्त पक्का, संघमा बिरासतको अवस्था

Hollywood Khabar July 28,2019 Comments

कृष्ण के सी/अमेरिका/७/२९/१९

गैरआवासीय नेपाली संघ र संघको अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ९ औं महाधिवेशन तथा विश्व सम्मेलन अक्टुवर १३-१६, २०१९ मा काठ्माण्डौमा हुने भएको छ।

संघको निर्वाचनमा गत २०१७ मा एउटै टिमबाट जितेका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यबीच आगामी कार्यकाल २०१९-२०२१ मा अध्यक्षका लागि भिडन्त हुने भएको छ। गत जुलाई २४ को नेपाली समय अनुसार मध्ये रातमा वर्तमान अध्यक्ष भबन भट्टले आफू दोश्रो कार्यकालमा उम्मेदवार नहुने घोषणा गरे। यसबाट विश्व भरिका नेपाली समुदायमा तीन थरिका कुरा बहस हुने थालेका छन्।

पहिलो-अब कुमार पन्त सहमतिको अध्यक्ष बन्नेछन यसको विकल्प छैन।

दोश्रो-उसै कुमार पन्तलाइ किन दिने ? कुल आचार्यलाइ जसरी पनि काँग्रेसको नाममा लडाउनु पर्छ

तेश्रो-भबन भट्ट उनकै घोषणा गरेको शब्द ब्याक सिटबाट ड्राइभर सिटमा अन्तिम आउने छन् भन्ने झिनो संका

गत जुलाई २१ को संघबारेको लेखमा एउटा दृष्टान्तको क्लियारिटि बताउनेछु भनेको थिएँ। आज त्यो दृष्टान्त उजागर गराउने भएको छु। दृष्टान्तको क्लियारिटी भनेको अबको भिडन्त कुमार पन्त र कुल आचार्यबीच नै पक्का हो।

यस बिषयलाई समाचार मात्र लेख्नेले त के लेख्छन त्यो उनीहरुको कुरा हो। बक्तब्य आएको तीनदिन पछि पनि सामाजिक संजालमा पुरानै हकिङ गर्दै थिए आफूलाई ठूलो मिडियाको सेतु भन्नेहरु। अर्कोतिर नेपालको अत्यन्तै ठूलो मिडियाले पोष्ट गरेको समाचार पनि बिजनेश नीति भन्दै फालिदियो। तर संघलाइ नजिकबाट नियालेका र संघलाइ बुझ्नेहरुले भने फरक रुपमा बुझेका थिए र छन्।

यो पंक्तिकारको चेक-बोर्डमा उपाध्यक्ष कुमार पन्तका प्रमुख प्रतिस्पर्धीको नाम गत अक्टुवर ३१, २०१८ मा हलिउडखबरमा लेखेको आर्टिकल भित्र नै बसेको छ। त्यो कुरामा कुनै परिवर्तन आएको छैन र विकल्प पनि फेरिएको छैन। कुमार पन्तका लागि प्रतिस्पर्धा गर्न पहिलो विकल्प भबन भट्ट, दोश्रो कुल आचार्य, तेश्रो दिपक खड्का र अन्तिम विकल्प सोनाम लामा हुन् भनेको थिएँ।

महिनौ देखि आफू अध्यक्षको आकांक्षी भएको बताएका उपाध्यक्ष कुमार पन्तबारे अब धेरै उल्लेख गर्नु पर्दैन। पन्त प्रष्ट छन् र विश्वका धेरै ठाउँमा दौडाहामा छन्। पहिलाको कुरा उनको प्रतिस्पर्धी को हो त भन्ने थियो। अब त्यसको पनि जवाफ मिलेको छ।

संघको अर्का उपाध्यक्ष कुल आचार्यले आफू प्रष्ट रुपमा नै अध्यक्षको लागि प्रतिस्पर्धी रहेको कुरा हलिउडखबरसँगको कुराकानीमा ग्यारेन्टी गरेका छन्। उनले भने मैले लामो समय संघको लागि काम गरेको छु, कुनै स्वार्थ राखेको छैन। बेलायतको कार्यसमिति देखि अध्यक्ष, युरोप क्षेत्रको संयोजक र अन्तमा संघको उपाध्यक्ष भएको छु।

अब यो पटक संघको अध्यक्षको लागि नै प्रतिस्पर्धा गर्दै छु यो कुरा पक्का हो। अब जे सुकै भए पनि, कुनै मन बिचलित हुँदैन, अन्तिममा संझौता पनि हुँदैन र मैदानबाट हट्दिन, आचार्यले भने। त्यसैले अब यो लेख्न कुनै द्विविदा भएन कि गैरआवासीय नेपाली संघको २०१९ को चुनाब कुमार पन्त र कुल आचार्यबीचमा हुनेछ।

अब यससँगै नेपालीहरुको विश्व समुदाय विभिन्न नाममा ध्रुवीकरण हुनेछ। बाजीगरहरु बाजी मार्न र बिचौलियाहरु गोजी भर्न फेसबुकमा सकृयता बनाउनेछन। टिकट मागेर नेता हुन लाग्नेहरुको पनि कमि आउने छैन। तर पनि संघको निर्वाचनमा त्यसको सामर्थ्य ठूलो रहन्न्।

यहाँ बिर्सन नहुने कुरा के छ भने एनआरएनए संस्थाभित्र चाहेर या नचाहेर होस्, बुझेर या नबुझेर होस् बिरासतको विकास भएको छ। लुकाए पनि छिपाए पनि या देखाए पनि त्यसको असर निर्वाचनमा हुन्छ। यसलाई हिडन तर नतिजा दिने तगडा रहश्य भनौं। संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जिबा लामीछाने, डा शेष घले र वर्तमान अध्यक्ष भबन भट्टको टोनले निर्वाचनमा असर गर्छ।

उनीहरुले ३०० देखि ५०० डेलिगेट्स मत फरक पार्ने हैसियत राख्छन। यो भनेको कसैलाई जिताउन र हराउन काफी मत हो। यो अवस्था ऐलेको मात्र होइन अरु आउने निर्वाचनमा पनि रहने छ। त्यसलाई सकारात्मक या नकारात्मक रुपमा कसरी लिने त्यो भने दुनियाँले आफै फैसला गरुन।

*****जदौ*****