-NRNA NCC Oman

NRNA NCC ओमानको एनआरएन डेस्क र विदेशका नेपालीको मताधिकारबारे दुइ पत्र

Hollywood Khabar April 07,2019 Comments

श्री अध्यक्ष ज्यु तथा सम्पुर्ण केन्द्रिय पदाधिकारी ज्युहरुमा नमस्का;

ढिलो चाडो भए पनि एक राम्रो काम भएको सुन्न पाउँदा खुशी लाग्यो। नेपालको अध्यागमन बिभागमा एनआरएन हेल्प डेस्क खुलेर सम्पुर्ण एनआरएनहरुलाई खुशी लागेको छ। तर खाडिमुलुक, कोरिया, मलेसिया लगायत अन्य कामदार एनआरएनहरुको लागि यो डेस्क काम लाग्ने जस्तो देखिएन।

हाम्रो पहिला देखि नै माग थियो कि एनआरएन डेस्कबाट एनसिसिको परिचयपत्रले समेत सुबिधा पाउने ब्यवस्था सहित एनआरएन डेस्क पुनर्स्थापना होस। तर त्यो हामीले सोचे जस्तो भएन। जे भए पनि एउटा बाटो खुलेको छ। अब खाडी, मलेसिया लगायतका एनआरएनहरुलाइ समेत सुबिधा दिने ब्यवस्था गर्न हुन हार्दिक अनुरोध गर्दछौ।

 

दोश्रो विज्ञप्ति

 

श्री भबन भट्ट ज्यु,

अध्यक्ष

एनआरएनए ओमानबाट नमस्कार,

ढिलै भए पनि महासचिव बद्री ज्युको संयोजकत्वमा बिदेशमा रहने नेपालीहरुका लागि मताधिकार कार्यदल बनेको समाचार विभिन्न सञ्चारमाध्यमहरुबाट पढ्न पाइयो। यस बारे धेरै पहिला नै हामीले अनुरोध गरे पनि सुनुवाइ भएको थिएन। कार्यदलमा रहनु हुने सबैलाइ बधाइ तथा शुभकामना ।

यो कार्यकालको समय छोटो भए पनि महत्त्वपूर्ण कार्यदल बनेको छ। यसले चुस्त रुपमा कार्य गर्ने आशा गर्दछौ। साथै यस कार्यदलले खाडी मुलुक, मलेसिया, कोरिया लगायत अन्य कामदार रहने राष्ट्रहरु जहाँ धेरै मात्रामा नेपालीहरु रहेका छन, उनिहरुको भावना र सुझावलाई समेट्दै अगाडि बढ्ने आशा गर्दछु ।