जनसम्पर्क समिति लक्जेम्बर अधिवेशन २०१८

NRNA: एनसीसी महासचिव नै अर्को राजनैतिक संस्थाको कार्यकारी पदमा रहन मिल्ने हो?

Hollywood Khabar November 16,2018 Comments

कृष्ण के सी/अमेरिका

प्रायगरी मैले गैरआवासीय नेपाली संघको इस्यूहरुमा लेख्ने गरेको छु। संघको बिधि-बिधान, गतिबिधि र कोहि-कसैबाट भएका कमी-कमजोरी, गर्नुपर्ने काम तर नगरेका अनि नगर्नु पर्ने कुरा फेरि पनि गरिएका कुराहरु बढी मात्रामा लेख्ने गरेको छु। यसरी लेख्दा कुनै पद या व्यक्ति भन्दा पनि संघको हितमा छ या छैन त्यो हेर्ने गरेको छु। यो पटक पनि तेस्तै एउटा बिषयले स्थान पाएको छ। प्रसंग हो गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लक्जेम्बरको।

पहिलो कुरा, गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागि कुनै पनि पदमा उम्मेदवार हुँदा नै आफू कुनै पनि राजनैतिक, धार्मिक र जातिय संस्थाको नेतृत्व या कार्यसमितिमा भएमा तेस्ता पदबाट राजिनामा स्वीकृत गरेको प्रमाण पेस गर्नुपर्छ।

दोश्रो कुरा’ कोहि पनि व्यक्ति एनआरएनएको राष्ट्रिय, अन्तराष्ट्रिय कुनै पनि स्तरको पदमा बहाल रहँदाको अवस्थामा धार्मिक, जातिय र राजनैतिक संस्थाको पद धारण गर्नु, नियुक्ति लिनु या निर्वाचनमा उम्मेदवार हुनुपूर्व एनआरएनएको पदबाट राजिनामा स्वीकृत गराए जानुपर्छ।

एनआरएनए एनसीसी लक्जेम्बरका महासचिव बिमल बाबु उपाध्यायको कुरा नै आजको बिषयमा उल्लेख गरेको छु। महासचिव उपाध्याय नेपाली कांग्रेसको चालु बिधानको #१४ अन्तर्गतको नेपाली जनसम्पर्क समिति लक्जेम्बरको पनि महामन्त्रीमा निर्बिरोध निर्वाचित भएका छन्। गत सेप्टेम्बर १६, २०१८ का दिन नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको समितिको पहिलो अधिवेशनबाट पौडेल निर्बिरोध रुपमा महामन्त्री पदमा चयन भएका हुन्। अब बिमल बाबु पौडेलले दुवै संस्थाको दुवै पद धारण गरेको अवस्था छ। यो लेख्दाको समय सम्म पौडेलले कुनै पनि पदबाट राजिनामा दिएको कुरा सार्वजनिक भएको छैन।

सो बिषयमा एनआरएनएका महासचिव डा बद्रि के सीसंग अनुरोध गरेको थिए। बिमल बाबु उपाध्याय एनसीसी लक्जेम्बरको महासचिव भएको कुरा गैरआवासीय नेपाली संघका महासचिव डा के सीबाट पुष्टि भएको छ।

अन्तमा, यदि यो कुरा एनआरएनएको बिधान र त्यस अनुसार बनेको कार्यनिर्देशिका समेतको ब्यबस्थालाइ मान्नु संघका कुनै पनि सदस्य, पदाधिकारी/पदिय व्यक्तिको बाध्यात्मक कुरा होइन भने यो पंक्तिकारको कुनै आपत्ति छैन, हुने पनि भएन। तर तेसो होइन भने यो बिषयप्रति गैरआवासीय नेपाली संघले एक्शन लिन्छ कि लिंदैन त्यो भने हेर्नु पर्ने भएको छ।