-NNA:भाषा साहित्य सम्मेलनमा नै उम्मेद्वारी घोषणा गर्ने अड्बल उम्मेद्वार गोबिन्द गौतम

NNA:भाषा साहित्य सम्मेलनमा नै उम्मेद्वारी घोषणा गर्ने अड्बल उम्मेद्वार गोबिन्द गौतम

Hollywood Khabar September 04,2019 Comments

कृष्ण के सी/अमेरिका/९/५/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को आसन्न निर्वाचनमा गोबिन्द प्रसाद गौतमले सहकोषाध्याक्षमा उम्मेदवार हुने घोषण गरेका छन्।

एनआरएनएको भाषा साहित्य समिति र सम्मेलनको आयोजक भएर रसिया देखि अमेरिकाको इष्टकोष्ट आएका गौतमले प्रसङ्ग नै नमिल्ने ठाउँमा पुगेर आफ्नो उम्मेद्वारी घोषणा गरे। उनको उम्मेदवारी घोषणालाइ सम्पूर्ण गैरआवासीय नेपाली संघ बुझ्ने मात्र होइन सम्मेलनमा आएका साहित्यकार तथा प्राज्ञहरुसबैले अड्बलको संज्ञा दिएका छन्।

एनआरएनए आइसीसीको युरोप क्षेत्रको उपसंयोजक रहेका गौतमले विगतमा आफू उम्मेदवार नहुने बताएका थिए। हाल आएर एक्कासी सहकोषाध्यक्षमा उम्मेदवार हुने आकांक्षा गर्नु त्यो पनि आफैं संयोजक भएको कमिटिको सम्मेलनमा, यो भन्दा अचम्म के हुनु उनका निकतटमहरुले भने।

होइन गौतम आफैं एनआरएनएको नेपाली भाषा र साहित्य प्रवर्दन समितिको संयोजक पनि हुन्। आफै संयोजक भएर आयोजना गरिएको बौद्धिक-साहित्य सम्मेलन जहाँ एनआरएनको नाम समेत लिइएको थिएन। नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति लगायत थुप्रै सम्मानित व्यक्तित्वहरु भएको ठाउँमा आफै उम्मेद्वारी घोषणा गर्नु सबैभन्दा नमिल्दो र लाजमर्दो कुरा भएको कुरा सहभागीहरुले बताए।

गौतमसँग लामो समय रसियामा उठबस गरेर हाल अमेरिका बसेका एकजना एनआरएनले भने- यसको बानी नै यस्तै छ, यो मान्छे आफैले आफ्नो त हैसियत कायम राख्न सकदैन भने सँस्थाको इज्जत कसरी जोगाउला ?