-NRNA ICC VP Kumar Pant

NRNA:ओसनिया क्षेत्रीय बैठकमा भाग लिन उपाध्यक्ष पन्त हप्तादिन पहिला

Hollywood Khabar May 03,2019 Comments

कृष्ण के सी/अमेरिका/५/४//१९

एउटा संयोग नै होला गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तसँगको भाला कुसारी प्राय उहाँ फ्लाइटमा रहंदा या एयरपोर्टमा हुँदा मिल्ने गरेको छ। धेरै पटक यस्तो संयोग भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुमार पन्त यो पटक ओसनिया क्षेत्रको तेश्रो बैठकमा भाग लिने त्यसतर्फ प्रस्थान गरेका छन्। मे ११र १२, २०१९ मा अष्ट्रेलियाको सिड्नेमा आयोजना गरिएको ओसनिया क्षेत्रको बैठक एउटा बिशेष अवस्थामा छ। एनआरएनए अध्यक्ष भबन भट्ट तथा धेरै पदाधिकारीहरु र पूर्वजहरु समेत उपस्थित रहेने बैठकमा उपाध्यक्ष कुमार पन्त भने हप्तादिन पहिला नै त्यसतर्फ लागेका छन्।

उपाध्यक्ष पन्तले फ्लाइटमा रहँदै हलिउडखबरसँग कुरा गर्दै भने- यो पटक भर्खर नेपाल सरकारसँग गरिएको १० अरब लगानीको संझौता कसरी सम्पन्न गर्ने भन्ने नै गहन छलफल हुनेछ। त्यस बाहेक नियमति बिषयहरु छन् र केहि व्यक्तिगत भेटघाट पनि हुनेछ, पन्तले भने।

स्मरणीय कुरा पन्त आसन्न अक्टुवर निर्वाचनमा अध्यक्षका प्रत्यासी हुन् र यदि निर्वाचित भए भने त्यो जिम्मेवारी पुरा गर्ने काम पनि उनको थाप्लोमा पर्नेछ। तसर्थ पनि उनि हप्ता दिन पहिला नै त्यसतर्फ प्रस्थान गरेका हुन्। यो पटक क्षेत्रीय बैठकका साथ् भावी नेतृत्वलाइ लिएर केहि भेटघट हुने अनुमान पनि गरिएको छ।

सो बैठकको लागि रजिष्ट्रेशन गर्न तलको लिंक क्लिक गर्नुहोस:

https://nrna.org/orm2019#