NRNA अमेरिका न्युयोर्क च्याप्टर: रक्दान कार्यक्रम सम्पन्न

Hollywood Khabar November 26,2017 Comments

गैर आवासीय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद न्युयोर्क च्याप्टरले यहि मिति नोभेम्बर २५, २०१७ मा स्थानीय न्युयोर्कमा अवस्थित सामाजिक सँस्था अधिकार कार्यालयमा आयोजनमा गरिएको रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न भयो।  
महावाणिज्य दुतावास न्युयोर्क कार्यालयका महाबाणिज्यदुत श्री मधु कुमार मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा वाणिज्यदुत श्री कृसु छेत्री तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद अमेरिकाका सचिव श्री होम नाथ गौतमवाट रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको यस कार्यक्रम जम्मा इच्छुक ८० जनादाताहरु मध्ये  ४७ जना योग्य दाताहरुबाट रक्तदान गरिएको थियो। 
NRNA उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक नबिन सेरचन, NRNA अमेरिका महासचिव बिआर लामा, बोर्ड सदस्य संजय थापा, बोर्ड सदस्य आङ्गनिमा गेल्जे शेर्पा ब्लड डोनर्स अफ अमेरिकाका पूर्व अधक्ष्य अर्जुन मैनाली बर्तमान उपाधक्ष्य निम्मा शेर्पा बुद्धिजीवी प्रा.ड़ा. तारा निरौला, मिडियाकर्मी एव पत्रकारहरु ज्योति कुमार श्रेष्ठ, सच्चि मैनाली र अशोक पन्त, मानव अधिकारकर्मी नर्बदा क्षेत्री लगायत अन्य सामाजिक सँघ सँस्था प्रतिनिधिहरुको उपस्थीति रहेको थियो। साथै करिब १८ जना बिद्यार्थीहरु स्वमसेवकहरुलाई परिचालन चाप्टर महिला सँयोजक कंचन केसी बस्नेतबाट गरिएको थियो।
उक्त रक्तदान कार्यक्रममा बिशेष सहयोग च्याप्टर महासचिव महेश खड्का बिशेष सवन्य NRNA USA सचिव होम नाथ  गौतम साथै कार्क्रमको संयोजन च्याप्टर उपाधक्ष्य बिष्णु रानामगरको संयोजकत्वमा सम्पन्न भएको थियो।  उक्त कार्यक्रममा न्युयोर्क च्याप्टरका अधक्ष्य श्री रामहरी अधिकारीबाट  स्वम्सेवकहरुलाई प्रमाण पत्र वितरणका साथ् धन्यवाद प्रकट गरिएको थियो।