-NRNA:नाइजेरियाले अर्खाखाचिका ब्लडक्यान्सर पिडितलाई सहयोग गर्यो

NRNA:नाइजेरियाले अर्खाखाचिका ब्लडक्यान्सर पिडितलाई सहयोग गर्यो

Hollywood Khabar November 06,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) नाइजेरियाले अर्धाखाचीका ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्ने भएको छ।

एनआरएनए नाइजेरियाले अर्धाखाची, शितगङ्गा नगरपालिका ५ का नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१ हजार १६० सहयोग जुटाएको छ। ब्लड क्यान्सरले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन।

एनआरएनए नाइजेरियाका अध्यक्ष रोशन थापाले सहयोग जुटी सकेको र सो रकम छिट्टै नै उनलाई पठाउने जानकारी दिएका छन। साथै सहयोगीहरु हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, संजय थापा, शंकर बर्मा, बिरेन्द्र गुप्ता, प्रकाश सिङ्ग्डेन, अभिषेक मान सिंह, सोमेश अर्याल, भरत रिजाल, सुशान्त गिरी, रोशन थापा र ईन्द्र टन्डनलाइ संघको तर्फबाट धन्यवाद ब्यक्त गरेका छन।