-NRNA:एनआरएनए नाइजेरियाले अर्धाखाचीका ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्यो

NRNA:एनआरएनए नाइजेरियाले अर्धाखाचीका ब्लडक्यान्सर पीडित न्यौपानेलाई सहयोग गर्यो

Hollywood Khabar December 15,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) नाइजेरियाको तर्फबाट अर्धाखाची शितगङ्गा नगरपालिका ५ का ब्लड क्यानसरबाट पीडित भइ उपचार गर्दै गरेका न्यून आय भएका बिरामी नारायण प्रसाद न्यौपानेलाई उपचार सहयोग बापत रु ७१ हजार १६० सहयोग राशी प्रदान गरिएको छ।

संघका अध्यक्ष रोशन थापाले सो रकम बिरामीलाई १६ डिसेम्बर, २०१९ का दिन अस्पतालमै गएर हस्तान्तरण गरेका छन। ब्लड क्यान्सरले पीडित भै सिभिल अस्पताल काठमाडौंमा न्यौपाने उपचार गराई रहेका छन। सहयोग हस्तान्तरण गर्न अध्यक्ष थापासगै एनसीसी नाइजेरियाका सदस्य तुल्सी राम भन्डारीको पनि उपस्थिति रहेको थियो।

एनआरएनए एनसीसी नाइजेरियाका अध्यक्ष रोशन थापाले संघ मार्फत उपचार सहयोग गर्ने हिक्मत थापा, चिरञ्जीवी रोका, बिश्वास पौडेल, संजय थापा, शंकर बर्मा, बिरेन्द्र गुप्ता, प्रकाश सिङ्ग्डेन, अभिषेक मान सिंह, सोमेश अर्याल, भरत रिजाल, सुशान्त गिरी, रोशन थापा र ईन्द्र टन्डनलाई धन्यवाद ब्यक्त गरेका छन।