NRNA Official LOGO

NRNA:एनआरएनए एनसीसी नाइजेरियाले रक्तदान कार्यक्रम गर्दै

Hollywood Khabar February 11,2019 Comments

लेगोस/नाइजेरिया

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरियाले फेब्रुवरी २४, २०१९ मा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

दोश्रो पटक नाइजेरियाको लेगोसमा लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोससंगको सयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागीता रहने बताइएको छ। करिब एकसय भन्दा धेरै रक्तदाताहरुले रक्तदान गर्ने जानकारी संघका महासचिव रोशन थापाले दिएका छन्।

संघले आयोजना गरेको यो दोश्रो पटकको रक्तदान कार्यक्रम हो। यसबाट स्थानीय समुदायमा नेपाली र एनआरएनएको सामाजिक योगदानको पहिचान बढने बिश्वास संघका अध्यक्ष बिश्वास पौडेलले लिएका छन्।