-NRNA:एनसीसी नेदरल्याण्ड्सले भारतिय राजदूतावास अगाडि धर्ना र ज्ञापनपत्र बुझाउने

NRNA:एनसीसी नेदरल्याण्ड्सले भारतिय राजदूतावास अगाडि धर्ना र ज्ञापनपत्र बुझाउने

Hollywood Khabar November 20,2019 Comments

आदरणीय नेदरल्याण्ड्सस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु !

हालै भारत सरकारले जारी गरेको नयाँ नक्शामा नेपालको अविभाज्य भूमि कालापानी, लिपुलेक अनधिकृत रुपमा आफ्नो नक्शामा देखाईएकै कारण देश बिदेसमा बस्ने आम नेपालीहरुमा अभूतपूर्बक एकता कायम भएकोछ।

यसर्थ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सले, केन्द्रीय निर्देशन अनुरुप, सिमा विवादको बस्तुनिस्ठ समाधान र नेपालको स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनताले गरेको आन्दोलनलाइ प्रवासबाट पनि एक्यबद्धता जनाउन पहल गर्ने भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्स र नेदरल्याण्ड्सस्थित विभिन्न संघ, संस्थाको सयुक्त पहलमा 'The Hague स्थित भारतिय राजदूतावास अगाडि धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रमको आयोजना गरिएको छ।

त्यसैले तल उल्लेखित समय, मिति र स्थानमा उपस्थितिका लागि नेदरल्याण्ड्सस्थित विभिन्न संघ, सस्था तथा आदरणीय सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुलाइ विनम्रतापूर्बक उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछौ।

समय : १ बजे

मिति : नोवेम्बर २५, २०१९

स्थान : Buitenrustweg 2, 2517 KD The Hague, Embassy of India

श्रीराम कंडेल

अध्यक्ष

संघर्षशील के सी

महासचिव

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्स