NRNA NCC USA Official Seal

NRNA NCC USA:अध्यक्षका उम्मेदवार र प्यानल बनाउन ब्यस्त किङ मेकरहरु

Hollywood Khabar March 05,2019 Comments

कृष्ण के सी/अमेरिका/३/६/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको २०१९-२०२१ नेतृत्वको लागि निर्वाचनको गर्मी चुलिएको छ। आपसी मिलान र सहकार्यको प्रयास चर्को रुपमा बढेको छ। उम्मेदवार र किङ मेकरहरु सकृय भएर लागेका छन्।

उसो त एकपछि अर्को रुपमा उम्मेदवारहरु बजारमा आउने क्रम जारी छ। बिशेष गरी अध्यक्षका आकांक्षीहरुको चर्चा धेरै हुनेगर्छ। कतिपय मिडियाका साथीहरुले चिया पसलमा अध्यक्ष उठ्छु भन्नेलाई पनि ब्रेकिङ् न्यूज बनाउँदा मैल पत्याएको थिइन्। यो पल्ट अध्यक्षका दावेदारहरुमा मेरो पहिलो, दोश्रो र यो तेश्रो लेख सम्म पुग्दा पनि जुन नाम किटान गरेको थिएँ त्यसमा परिवर्तन आएको छैन।

उसो त पहिला ६ जनामा एक जना पछाडी हट्ने संकेत पहिला नै दिएको थिएँ। फेरी पनि हालका अध्यक्षका उम्मेदवार पाँचजनाबाट बढ्ने होइन घटेर तीन या दुइ हुने अवस्था नआउला भन्न सकिन्न। यस्तो प्रयास भएका छन्। हालसम्म अध्यक्षका आकांक्षीहरुमा बरिष्ठ उपाध्यक्ष सुनिल शाह, प्रवक्ता बिनोद तिवारी, बोर्ड सदस्यहरु संजय थापा र डा अर्जुन बन्जाडे अनि पूर्व बोर्ड सदस्य सुर्य लम्साल रहेका छन्।

सुनील शाहले आगामी शनिबार या आइतबार अध्यक्षको लागि आफ्नो औपचारिक उम्मेद्वारी घोषणा गर्दैछन। उनको टिममा जो जो भएता पनि शाहले आफ्नो टिमका चिनाउनेवाला भने छैनन। तर पनि टिम बनाउन वर्तमान अध्यक्ष डा केशब पौडेल, संघका आइसीसी सल्लाहकार हरिबोल भण्डारी र संबद्ध पक्ष सकृय रहेको बुझिएको छ।

सुर्य लम्साल आफ्नो टीमको तयारीमा जुटेका छन्। आगामी १० दिन जतिमा उनको तयारी सम्पन्न हुनेछ। नेपाल पुगेका केहि व्यक्ति र संबद्ध पक्षको न्यूयोर्कमा हुने बैठक पछि लम्सालको उम्मेद्वारी औपचारिक रुपमा टिम सहित आउने भएको छ। पासांङ लामा र केहि संबद्ध पक्षहरु यो टिमको तयारीमा जुटेका छन्।

संजय थापा प्रवासी मंचको सपोर्टमा सबै पक्ष मिलाएर एउटा शसक्त टीमका साथ आगामी शनिबार या आइतबार आफ्नो टिमको नै घोषण गर्ने तयारीमा छन्। थापाको टिमलाई प्रवासी मंचका प्रभु थापा र एनसीसी अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट समेतको सपोर्ट रहनको लागि प्रयास गरिएको छ।

डा अर्जुन बन्जाडे पनि आफ्नो टिमको तयारी गर्दै छन्। उनले आफ्नो टिम नोमिनेशन पछि मात्र चिनाइने बताएता पनि तयारी भने गरेका छन्। डा बन्जाडेको पछाडी डा यादब पण्डित र डा सुरेन्द्र देबकोटा रहेको भनिएता पनि दुवै डाक्टर सकृय भएको छांक-छन्द भने देखिएको छैन। नेपाली जनसम्पर्क समिति अमेरिकामा कनेक्टिक ग्रुप भनेर चिनिने समुह यो टिमको पछाडी सकृय रहेको छ।

यसैबीच संजय थापा र सुर्य लम्साल टिम समेत जोडेर डा बन्जाडेको टिम बनाउने प्रयास गरिएको कुरा थाहा भएको छ। यो प्रयासलाइ सफल पार्न जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाइ प्रयास गरिएको पनि थाहा हुन आएको छ।

बिनोद कुमार तिवारीले आफू एनसीसी अमेरिकाको लागि अध्यक्ष बाहेक अरु कुनै पनि पदमा चुनाब नलड्ने कुरा बताएका छन्। उनको टिम हुने या नहुने कुरा भने बाहिर आएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी थापाका समर्थकको आरोप लागेका तिवारी हाल सम्म एकल रुपमा रहेका छन्।

संबन्धित तर पूर्व पोष्टिंङ् लेख/समाचार

 

 

https://hollywoodkhabar.com/nrna-ncc-electionm32019

 

https://hollywoodkhabar.com/nrnancc-usa-shahalamsal

 

https://hollywoodkhabar.com/nrnancc-usa-shahalamsal