Hollywoodkhabar advertisement

एनआरएनए एनसीसी अमेरिकाको बिबादित सदस्यता छानबिनबारे विज्ञप्ति

-एनआरएनए एनसीसी अमेरिकाको बिबादित सदस्यता छानबिनबारे विज्ञप्ति
0
shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१९-२०२१ अवधिका बिबादित भनिएको सदस्यता छानबिन सम्बन्ध केहि भ्रमपूर्ण कुरा आएकाको भन्दै संघका अमेरका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले एक विज्ञप्ति जारि गर्नु भएको छ। हलिउडखबरलाइ प्राप्त सो विज्ञप्ति यहाँ पोष्ट गरिएको छ।

प्रेस विज्ञप्ति

आदरणीय गैर आवासीय नेपाली दिदिबहिनि तथा दाजुभाईहरु नमस्कार,

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदले २०१९-२०२१ को निर्वाचनको क्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकामा सदस्यता सम्बन्धी अनियमितता भएको भन्ने बिषयमा छानबिन गर्न अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजकको नेत्रित्वमा कमीटी गठन भएको यहाँहरुलाई सर्बविदितै छ।

सो २०१९-२०२१ को बिबादित भनिएको मात्र सदस्यता छानबिन गर्ने क्रममा केही सदस्यहरुको जानकारी चाहिएकोले सोही सदस्यहरुलाई मात्र हाम्रो (सन्चार) सब-कमीटी मार्फत हामीले सम्पर्क गरेको जानकारी गराउन चाहन्छौ।

स्मरणीय रहोस, हाम्रो सब-कमिटीले हालको २०२१-२०२३ को निर्वाचन प्रकृयामा असर पर्नेगरी कुनै पनि कार्य गरेको छैन। हामीले गरेको छानबिन नितान्त २०१९-२०२१ को बिबादित भनिएको सदस्यताको छानबिनको लागि मात्र हो भन्ने स्पष्ट पार्न चाहन्छौ।

छाविन कमिटी

संयोजक-राजन त्रिपाठी

सदस्य-कृष्ण लामिछाने

सदस्य-शिव नेपाल

सदस्य-प्रकाश सापकोटा

सदस्य-नवराज रोस्यरा

 

संचार सब-कमीटी

संयोजक - शिव नेपाल

सदस्य - सुरेन सापकोटा

सदस्य - सबु सापकोटा

 

धन्यवाद;

राजन त्रिपाठी

क्षेत्रीय संयोजक अमेरिजाक तथा छानबिन कमीटी

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

फेब्रेवारी ७, २०२१