-एनआरएनए एनसीसी अमेरिकाको सदस्यता विस्तार अभियानमा सरिक हौऔं

एनआरएनए एनसीसी अमेरिकाको सदस्यता विस्तार अभियानमा सरिक हौऔं

Hollywood Khabar January 29,2021 Comments

अमेरिकाबासी गैरआवासीय नेपाली लोकतन्त्रवादी साथीहरू,

 

अमेरिकामा बसोबास गरेका कारण हामी पनि गैरआवासीय नेपाली हौ। त्यसैले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको सदस्यता बिस्तारमा सरिक हुन् नेपाली नजसंपर्क समिति अमेरिका हार्दिक अनुरोध गर्दछ।

अमेरिकामा बसेका, नेपाली मुलका स्थायी वासिन्दा, यहाँ जन्मेका नेपाली मुलका अमेरिकी नागरिक तथा सम्पूर्ण गैरआवासीय नेपालीहरूमा हाम्रो साझा संस्था एनआरएनए एनसीसी अमेरिकाको सदस्यता विस्तारमा सरिक हुन् अनुरोध गर्दछौ।

यसैले नेपाली जनसम्पर्क समिति अमेरिका केन्द्रीय कार्यसमितिको गत जनवरी ३, २०२१ मा बसेको बैठकले एनआरएनए एनसीसी अमेरिकाको सदस्यता विस्तार अभियानलाई तीव्रताका साथ अघि बढाउने निर्णय गरेको थियो। विभिन्न राज्यहरूमा यो अभियान प्रभावकारी ढंगले अघि बढिरहेको छ। संस्थाको मेरूदण्डको रूपमा रहने सदस्य संख्यालाई यथासक्य बढाएर एनआरएनए एनसीसी अमेरिकालाई थप सुदृढ, सशक्त र प्रभावशाली बनाउनु हामी सबैको दायित्व हो।

त्यसैले सदस्यता विस्तारको लागि फेब्रुअरी १५, २०२१ सम्म मात्र समय अबधी रहेकोले नयाँ सदस्यता लिन वा नविकरण गर्न बाँकी सम्पूर्णको ध्यानाकर्षण गर्दै सदस्यता विस्तार अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।

जय नेपाल !

धनन्जय नरसिंह केसी, सुभाष घिमिरे

सभापति तथा महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

जनवरी ३०, २०२१