-NRNA:एनसीसी अमेरिकाले ICC र क्षेत्रमा उम्मेद्वारहुनेहरुसँग अनौपचारिक भेटघाट

NRNA:एनसीसी अमेरिकाले ICC र क्षेत्रमा उम्मेद्वारहुनेहरुसँग अनौपचारिक भेटघाट

Hollywood Khabar September 01,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले संघको ९ औं बिश्व सम्मेलनमा अमेरिकाको ठूलो सहभागिताको लागि अनुरोध गरेको छ।

एनआरएनए एनसीसीका अध्यक्ष सुनिल साहले आफ्नो फेसबुकमार्फत आधिकारिक नोट प्रकासित गर्दै उद्घाटन सत्रमा सहभागी हुन् अनुरोध गरेका छन्। यसका साथै आसन्न निर्वाचनमा अमेरिकाबाट उम्मेद्वार हुन आकांक्षा राख्ने व्यक्तिहरुको एक अनौपचारिक भेटघाट समेत राखेको जानकारी दिएका छन्।

अध्यक्ष साहले हलिउडखबरसँग कुरा गर्दै भने-यो एउटा अनुपचारिक प्रयास हो, थालनी हो भोलि सफल भयो भेन नतिजा राम्रो आउँछ। मेरो आफ्नो पतिबध्दता पनि थियो कि एनआरएनए अमेरिकाबाट आइएएसमा प्रतिनिधित्व होस्। धेरै हारियो अब हार्न नपरोस। हाल सम्म उम्मेद्वार हुन आकाँक्षा गरेका सबैलाई आफैंले निमन्त्रणा गरेको छु, गर्दै पनि छु। उहाँहरु सबै आउने कुरामा आफू विश्वस्त पनि छु। मेरो पालामा मैले यो एउटा मिलाएर लैजाने प्रयास सुरु गरेको हो। हामी सबैको लागि गौरबशाली नतिजा दिनको लागि सबैले सपोर्ट गर्नुहुन समेत अनुरोध छ, साहले भने।

सो कुरालाई थप गर्दै प्रवक्ता ओम भट्टराईले संचारकर्मी र पत्रकारहरुलाई समेत सम्पोर्ट र प्रचारको लागि आमन्त्रण अनुरोध दुवै गरेका छन्। कार्यक्रम सेप्टेम्बर ६, २०१९ का दिन न्यूयोर्कमा राखिएको छ।