-एनआरएनए एनसीसी अमेरिकाको ९ औ साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन जारि

एनआरएनए एनसीसी अमेरिकाको ९ औ साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन जारि

Hollywood Khabar July 04,2020 Comments

गैरआवासीय नेपाली सँघ राष्टिृय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको ९ औ साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन जुलाई ३ देखि सुरु भएको छ। कार्यक्रम उद्घाटनकै क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनु भएको एनआरएनए एनसीसी अमेरिकाको ९ औँ साधारण सभाको सफलताको पत्र वाचन गरेर सुनाइएको थियो।

नेपालका परराष्टृमन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गर्नुभएसँगै एनआरएनए एनसीसी अमेरिकाको साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन अगाडि बढिरहेको छ। अनलाईन मार्फत भईरहेको यस सम्मेलनका परराष्टृमन्त्री ज्ञवालीले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो। कार्यक्रमका प्रमुख अतिथिका रुपमा आउनु भएका परराष्टृमन्त्री ज्ञवालीले कोरोनाका कारण बिश्व आक्रान्त भैरहेको यस्तो अवस्थामा पनि साधारण सभा तथा ज्ञान सम्मेलन गर्न लागेकोमा प्रसन्नता व्यक्त गर्दै अमेरिकामा सिकेका ज्ञान प्रबिधि र बिज्ञानलाई नेपाल सम्म पुर्याउन र नेपालको बिकासमा लगाउन नेपाल सरकार सदैव स्वागतयोग्य रहेको बिचार व्यक्त गर्नुभयो। ज्ञानको खानि मानिने अमेरिकामा नेपालीले सिकेका जतिपनि ज्ञान बिज्ञानका जानकारिहरु छन त्यस्लाई नेपालले एउटा सम्पदाको रुपमा हेर्दै बिकासको अनन्य सहयोगीको रुपमा भित्र्याउन नेपाल सरकार आतुर छ। अहिलेको परिस्थितिलाई देखाउदै अहिलेको अवस्थामा देश आर्थिक मन्दितिर जान लागेको र धेरै बिदेशियका नागरिक नेपाल आएका कारण नेपालमा बेरोजगारको सँख्या बढ्दै जाने स्थिती आएकाले अव गैरआवासिय नेपाली परिषदले अव नेपालमा सकेसम्म धेरै लगानि गरेर देशलाई सहयोग गर्नु पर्ने धारण राख्नुभयो।

सम्मेलनका बिशेष अतिति गैरआवासीय नेपाली सँघका अध्यक्ष कुमार पन्तले यो संघको स्थापना नै गैरआवासीय नेपालीको समस्यालाई समाधान गर्न र नेपालको बिकास गर्नका लागि रहेको बताउनुभयो। अध्यक्ष पन्तले नेपालमा अहिले सम्म केहि लगानी गर्नसके पनि सिप र प्रबिधि अझै पुर्याउन नसकेको बताउनुभयो। गैरआवासीय नेपालीले सिकेका ज्ञान, सिप र प्रबिधिको सम्मेलनले नेपालमा ठुलो सहयोग पुर्याउनेमा आफु विस्वस्थ रहेको बताउनुभयो। गैरआवासीय नेपाली सँघले सामुहिक लगानी गर्ने कार्य सँचालनमा ल्याउदा ल्याउदै कोभिड १९ को कारण रोक्नु परेको र यस्लाई निरन्तरता दिने बताउनुभयो। कोरोना महामारिको यस अवस्थामा गैरआवासीय नेपाली सँघले २ करोड २० लाख बरावरको स्वास्थ्य सामाग्री राहतका रुपमा नेपाल पठाएको जानकारी गराउनुभयो। यस्तै ९ करोण रकम बराबरको राहत अहिले गैरआवासीय नेपाली संघ अन्तराष्टिृय समन्वय परिषदले बिभिन्न देशमा पुर्याएको बताउदै उहाले अझै पनि सहयोगका कार्य जारि रहेको जानकारी दिनुभयो।

उद्घाटन अर्का बिशेष अतिथिको रुपमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा अर्जुन कार्कीले धेरै नेपाली युवा अमेरिकामा रहेको र उनिहरुले सिकेको सिप आर्जन गरेका ज्ञान नेपालमा लैजाने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो। उहाले यसरी आयोजना भएको ज्ञान सम्मेलनले यस्ता अवसर प्रदान गर्न सक्ने भन्दै ज्ञान बिज्ञान लाई वढावा दिन र नेपाल सरकार सँग समन्वय गरि यस्ता बिकासका काम अव गैरआवासीय नेपालीको माध्यमबाट नेपालमा लैजान युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उहाले नेपाली बिश्वमा निडर, मिलनसार र सहयोगी भनेर चिनिए पनि नेपाली नेपाली बिचमा धेरै बैमनश्यता राख्ने गरेको कुरालाई अँकित गर्दै महामहिम डा कार्कीले अव यस्ता ज्ञान सम्मेलनले सबैमा सकारात्मक सोच भरिदियोस भन्ने शुभकामना दिनुभयो।

सभामा गैरआवासीय नेपाली संघका उपाध्यक्षहरु डा बद्रि के सी, रविना थापा, महासचिव डा हेमराज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, आइसीसी सल्लाहकार हरिबोल भण्डारी, एनसीसी अमेरिकाका पूर्वअध्यक्षहरु समेत मन्तब्य राख्दै शुभकामना दिनुभएको थियो।

यस्तै नेपाली काँगे्रसका सहमहामन्त्री तथा पुर्बपरराष्टृमन्त्री डाक्टर डा प्रकाश शरण महत, केन्द्रिय सदस्य डाक्टर शेखर कोइराला लातायत अमेरिकाका अन्य व्यक्तिहरुले पनि मन्तब्य र शुभकामना व्यक्त गर्नुभएको थियो। एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष सुनिल साहको अध्यक्षतामा भएको सभामालाइ महासचिव पशुपति पाण्डेले संचलान गर्नुभएको थियो।

सरस्वती शर्मा सरु

उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ राष्टिृय समन्वय परिषद अमेरिका

जुलाई ४, २०२०