NRNA NCC USA LOGO/Seal

NRNA:गैरआवासीय नेपाली संघ एनसीसी अमेरिका:१६५५ सदस्य, ५ हजार भन्दा धेरै एमआइएस कुर्दै

Hollywood Khabar January 31,2019 Comments

कृष्ण के सी/अमेरिका २/१/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) ले ८० देशकै आफ्ना सदस्यहरुलाई एउटै विण्डोबाट सदस्य बनाउने प्रोजेक्टको अन्तिम रुपमा पुगेको छ।

यो एमआइएस सिष्टम निवर्तमान अध्यक्ष डा शेष घलेको पालामा नै सुरु गरिएको हो। त्यो बेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कतार लगायतले संघको एमआइएस केन्द्रिय प्रणालीको प्रयोग गरेका थिए।

यो पटक गैरआवासीय नेपाली संघका महासचिव डा बद्रि के सीले चेयर गरेको पोलिसी एण्ड प्रसिड्यूर कमिटीको बैठकले सो एमआइएस केन्द्रिय प्रणालीलाइ कार्यन्वयन गर्न निर्णय गरेको थियो। त्यसपछि, सो प्रोजेक्टलाइ गत महिना संघको काठमाण्डौमा भएको एक्सटेण्डेड फेस टू फेस बैठकले समेत पास गरेको छ।

संघका महासचिव डा के सीका अनुसार- एमआइएस केन्द्रिय प्रणाली टेष्ट गरियो, केहि थप परिक्षण सकेर यसै हप्ता हुने आइइएस बैठकले परिमार्जन र अन्तिम रुपको अनुमोदन पछि कार्यान्वयनमा जानेछ।

यो पटक डाटा र पेमेन्ट दुवै स्प्लिट भएर केन्द्र र एनसीसीमा जाने छ। अनि संघका मेगा प्रोजेक्टको लागि योगदान दिन अफर कसरी गर्ने भन्ने कुरा पनि आएका छन्। जे होस हामी अन्तिम रुपमा छौं, संघको आइटी टिम रात-दिन खटेको छ, हामी सिरियसली लागेका छौं, महासचिव डा के सीले भने।

हाल विश्वका थुप्रै देशमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुको अधिवेशन र नयाँ नेतृत्व छनोटको प्रकृया चलेको छ। अमेरिकामा सदस्यता विवादका कारण केश अदालतमा छ। एकापक्ष जसको मौनताले सदस्य नै नबनेको अवस्था छ, त्यसबाट वर्तमान नेतृत्व संवाद र सपोर्ट नगरी अत्तालिएर बसेको छ।

तर पनि गत निर्वाचनमा बाहुल्यता रहेको टेक्सस, न्यूयोर्क र क्यालिफोर्नियामा नै सदस्य बनेका छैनन। फेब्रवरी १, २०१९ प्यासिफिक समय अनुसार बिहान १० बजे क्यालिफोर्नियामा ८६ जना सदस्य बनेका छन्। जहाँ गत निर्वाचनमा १७०० भन्दा धेरै सदस्य बनेका थिए। त्यसैगरी न्यूयोर्कमा २९९ जना र तीन-तीन जना अध्यक्षका आकांक्षी रहेको टेक्ससमा पनि ३२५ जना मात्र सदस्य बनेका छन्। सो समयमा जम्मा गरेर आजीवन (पुरानो रि-इन्ट्री समेत) २७१ र नयाँ साधारण सदस्य १३८४ जना गरेर १६५५ जना मात्र सदस्य बनेका छन्। जुन गत निर्वाचनको तुलनामा लगभग १३ हजार जातिले कमि हो।

यसै बीच मौन बसेका टिमले पनि गत हप्ता थुप्रै आन्तरिक बैठकहरु गरेको खवर छ। खासगरी वर्तमान नेतृत्वले आफ्नो अलोकप्रियता छोप्न संघको एमआइएस प्रणालीमा सदस्य बन्दैनन भन्ने भ्रम फैल्याउन थालेको छ। उसै पनि उसका आफ्नै भनिएको सिष्टममा पनि सदस्य नबनेको कुरा त माथि उल्लेखित उनीहरुको आफ्नै डाटाले नै प्रमाणित गरेको छ। उसै पनि सिष्टममा एडमिनले बिगतममा कतिपय सदस्यहरुको इमेल ब्लकलिष्टमा राखेकाले सिष्टम रिप्लाई नआएको गुनासा आएका छन्।

एमआइएस केन्द्रीय प्रणाली भयो भने आफ्नो हेरफेरी नचल्ने निश्चित भएपछि नेतृत्व उल्टा सिधा दोष अरुलाई लगाउने थालेका छन। यति मात्र होइन संघको अन्तराष्ट्रिय नेतृत्वसंग पनि सदस्य बन्दैनन् भनेर सोहि भ्रम फैलाउन थालेका छन्। तर यथार्थता भनेको उनीहरु आफै कारक हुन्।

तर पनि अब संघले ल्याउने एमआइएस सिष्टममा सदस्य बन्नको लागि ५ हजार भन्दा धेरै व्यक्तिहरु कुरेर बसेका छन्। हरेक पटक यो पंक्तिकारले निश्चित प्रकृया, श्रोत र आधिकारिकताको पुष्टि गरेर नै संघकाबारे लेख्ने गरेको छ। जुन कुरा इतिहास पल्टाएर हेरे पनि थाहा हुन्छ। अनि यो पटक पनि ठोकुवा दिएर भन्छ-एमआइएस सिष्टममा नहुँदा ५ देखी ७ हजार मात्र सदस्य हुनेछन भने सो सिष्टम आउनासाथ थप ५ हजार भन्दा धेरै सदस्य बन्ने छन्, त्यो पनि छोटो समयमा नै। केन्द्रिय सिष्टममा जाँदा संस्थाप्रति भरोसा फर्कने भएकोले १० हजार भन्दा धेरै सदस्य बन्ने छन। अमेरिकाको सदस्यता बन्ने अन्तिम म्याद फेब्रवरी १५, २०१९ सम्म भनिएको छ।