NRNA को सेसेल्स ७९ औ एनसीसी, अध्यक्षमा पन्त

Hollywood Khabar September 18,2018 Comments

गैरआबासिय नेपाली संघ (एनआरएनए) ले सेसेल्सलाई आफ्नो ७९ औ राष्ट्रिय समन्वय परिषदको रुपमा मान्यता दिएको छ।

अफ़्रिकि मुलुक सेसेल्स, अफ्रिकाको सबैभन्दा बढी प्रतिब्याक्ती आय भएको र थोरै जन संख्या भएको देश हो। अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय गन्तब्य मध्य पनि एक हो। यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उधोगमा कार्यरत छन।

सेप्टेम्बर मिड २०१८ अर्थात गत हप्ता सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए एनसीसी सेसेल्सको गठन भएको कुरा एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन।

राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष  मनोज बि .क र किशोर कुमार महर्जन, महासचिवमा कम्मान सिंह खत्री, सचिबमा बिश्वजीत कार्की, कोषाध्यक्ष कोमल राज पान्डेय, सह कोषाध्यक्ष किरण अधिकारी, प्रबक्ता एकराज सुवेदी रहेका छन। त्यसै गरि सदस्यहरुमा चेतमान कुवर, आइन्द्र लिम्बू, बिष्णु महतो, रामचन्द्र राई र गोमा अधिकारी चयन भएका छन। 

संघका अन्तरास्ट्रिय  कोषाध्यक्ष  हिक्मत थापाका अनुसार सेसेल्स अफ्रिकाको १७ औ राष्ट्रिय समन्वय परिषद र एनआरएनएको ७९ औ राष्ट्रिय परिषद बनेको हो।