-NRNA NCC Canada Official LOGO

NRNA:राष्ट्रिय समन्वय परिषद क्यानाडाको सदस्यता २७०० हुने, अगष्टमा अधिवेशन

Hollywood Khabar May 31,2019 Comments

कृष्ण के सी/अमेरिका/६/१/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाको २०१९-२०२१ को लागि सदस्यता वितरण गर्ने काम मे ३१, २०१९ बाट बन्द भएको छ। यो पटक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) कयनडाको सदस्यता २५०००-२७०० हुने पूर्व अनुमान गरिएको छ।

एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी राज जोशीका अनुसार यो पटक २२५० जस्तो नयाँ सदस्य बनेका छन्। त्यसैगरी आजीवन सदस्यहरु ३००/४०० जस्तो छ। ती सबै जोड्दा क्यानाडाको पंजीकृत सदस्यहरु २५००० भन्दा माथि हुने अनुमान गरिएको छ। यो पटक गैरआवासीय नेपाली संघको केन्द्रिय मेम्बरशिप इन्फर्मेशन सिष्टम (MIS) बाट एनसीसी क्यानाडाको सदस्यता प्रदान गरिएको हो ।

हाल सम्म कति सदस्य बने, भेरिफिकेशन कसरी गर्ने, कहिले सम्म पंजीकृत सदस्य को को भए भन्ने जानकारी पाइन्छ भन्ने जस्ता कुरामा भने एनसीसी क्यनाडाले अलि दुरुस्त सुचना प्रदान गर्नुपर्ने गुनासो आएको छ ।

अगष्ट १०-१७, २०१९ मा हुने निर्वाचनमा कम्तिमा पनि दुइजना अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य सहित एनसीसी क्यानाडाको नेतृत्वको लागि निर्वाचन हुनेछ। उसो त एनसीसीमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्नेहरु धेरै भएता पनि जादुको छडी भने १७ जना को र कस्ता आउँछन् भन्ने कुरामा भर पर्दछ ।

एनआरएनए एनसीसी क्यानाडाको बिधान अनुसार १७ जना बोर्ड सदस्यहरुको प्रत्यक्ष रुपमा निर्वाचन हुन्छ। सिटी र स्टेटमा नेपालीहरुको संख्याका आधारमा १ या २ जना बोर्ड सदस्यहरु निर्वाचित हुँदै आउँछन्। तिनै निर्वाचित १७ जनाले आफूहरुमध्येबाट कार्यकारी पदको लागि मत दिएर निर्वाचित गर्छन।

कडा रुपमा तर अप्रत्यक्ष ढंगले राजनैतिक चालवाजी चल्दा जनसम्पर्क समिति र प्रवासी मंचका उम्मेद्वारहरुबीच प्रतिस्पर्धा हुने गरेको कुरा एक सदस्य हलिउडखबरलाइ बताए।