-NRNA:एनसीसी नाइजेरियाद्वारा लेगोसमा रक्तदान सम्पन्न

NRNA:एनसीसी नाइजेरियाद्वारा लेगोसमा रक्तदान सम्पन्न

Hollywood Khabar April 07,2019 Comments

लेगोस/नाइजेरिया

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) नाइजेरियाले अप्रिल ८, २०१९ मा लेगोसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

लेगोसमा सयुक्त रुपमा आयोजनामा गरिएको रक्तदानमा ७० जना भन्दा बढीले रक्तदान गरे । लेगोस राज्य सरकारको रक्त सन्चार केन्द्र र रोटरी क्लबको संयोजनमा भएको रक्तदानमा एनआरएनए एनसीसी नाइजेरिया, गुजराती समाज र केरला समाजको संयुक्त आयोजना रहेको थियो।

रक्तदानमा एनआरएनए एनसीसी नाइजेरियाका तर्फबाट एनआरएनए आइसीसी सदस्य चिरञ्जीवी रोका, बिदुर घिमिरे, आशा श्रेष्ठ सरकार, सोमेश अर्याल, रश्मि कुमार, गौतम मण्डल, एनआरएनए एनसीसी नाइजेरिया उपाध्यक्ष बिरेन्द्र गुप्ता, भिम थापा, बालकृष्ण पन्डित, सौगात सरकार, सुकमल सरकार, मनिष मेहता, प्रशान्त शर्मा, भरत रिजाल, इन्द्र टन्डन, अनुज कुमार, आदित्य कुमार र राजु सोनी गरि १९ जनाले रक्तदान गरे।

कार्यक्रममा एनआरएनए आइसीसी कोषाध्यक्ष हिक्मत थापा, क्षेत्रीय महिला संयोजक मन थापा, एनसीसी नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल, उपाध्यक्ष उर्मिला रोका, कोषाध्यक्ष रोहित भाङ्गर र महिला संयोजक अन्जु पौडेल लगाएतको उपस्थित रहेको थियो।