-NRNA:एनसीसी क्यानाडाको सदस्यता खुल्ला, MIS प्रयोगमा सदस्यता लिने अन्तिम म्याद मे १५

NRNA:एनसीसी क्यानाडाको सदस्यता खुल्ला, MIS प्रयोगमा सदस्यता लिने अन्तिम म्याद मे १५

Hollywood Khabar April 28,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) क्यानाडाले २०१९-२०२१ कार्यकालको लागि सदस्यता लिने समय १५ मे सम्मको लागि खुल्ला गरेको छ।

एनआरएनए अन्तराष्ट्रिय परिषदको मेम्बर्शिप इन्फर्मेशन सिष्टम अर्थात (एमआइएस) लाइ नर्थ अमेरिकामा नै पहिलो पटक एनसीसी क्यानाडामा प्रयोगमा गरेको छ। एनसीसी क्यानाडाको १० औं अधिवेशन भने आगामी अगष्ट १७ मा हुने भएको छ।

एनआरएनए एनसीसी क्यानाडाका महासचिव चिरन्जीवी घिमिरेद्धारा हलिउडखबरलाइ प्राप्त जानकारी अनुसार संघको सदस्यता लिने अबधि आगामी मे १५, २०१९ सम्म मात्र हो। हाल खुल्ला गरिएका साधारण र आजीवन गरि दुइ प्रकारका सदस्यताहरु रहेका छन्। १५ मे, २०१९ सम्म प्राप्त सदस्यताका आवेदनहरुलाई २०१९-२०२१ अवधिका पंजीकृत सदस्य तथा मतदाता मानिने छ।

सदस्य बन्नको लागि तलको लिंक क्लिक गर्नु पर्नेछ :

Please click one of the following links to register your membership.

General Membership Registration:

https://www.nrnacanada.org/membership/

General Membership Registration:

https://mero.nrna.org/user/register

General Membership Registration:

https://www.nrnacanada.org/

Life Membership Registration:

https://www.nrnacanada.org/life-membership/

एनआरएनए एनसीसी क्यानाडाका पूर्व/अध्याबधिक आजीवन सदस्यहरुले आफ्नो ठेगाना, नाम, फोन नम्बर, फोटो र इमेल nrn.canada08@gmail.com मा पठाउन पर्नेछ। अवथा सोझै साधारण सदस्यता भरेर आफ्नो सूचना दिन सक्नेछन।