प्रवक्ता शंकर डाँगी

NRNA: एनसीसी जर्मनीको बार्षिक साधारण सभाको तिब्र तयारी

Hollywood Khabar December 25,2018 Comments

गैरआवासीय नेपाली संघ जर्मनीको १२ डिसेम्बर २०१८ दिन संघका अध्यक्ष बिजय मोक्तानको अध्यक्षतामा बैठक बसेको थियो। उक्त बैठकले संघको बार्षिक साधारण सभा ५ जनवरी २०१९ सनिवारका दिन ब्रेमनमा आयोजना गर्ने निर्णय गरेको छ।

गैरआवासिय नेपाली संघ जर्मनीको गत बैठकले संघको बार्षिक साधरण सभाको तयारीको लागी मुल आयोजको समिती, आयोजक समिती र उपसमितिहरु पनि गठन गरी जिम्मेवारीको बिभाजन समेत गरी सकेको जानकारी संघका प्रबक्ता शंकर डाँगीले दिएका छन।

गैरआवासिय नेपाली संघ जर्मनीको बार्षिक साधारण सभामा एनसीसी तथा एलसिसीहरुले एक बर्षमा गरेका गतिविधिहरुको बार्षिक प्रगति विवरणसहित जिम्मेवारी पुर्वक प्रस्तुत गरिने र यस कार्यकालको बाकी रहेको आगामी दिनहरुमा गर्ने कार्य योजनाहरुको बारेमा पनि बिष्तृत छलफल हुने प्रबक्ता डाँगीले जानकारी दिएका दिए।

गैरआवासिय नेपाली संघ जर्मनी, जर्मनी निवासी सबै गैरआवासीय नेपालीहरुको साँझा र छाता संघ भएकोले संघको सदस्यता प्राप्त गर्ने देखि लिएर संघको भबिष्यका कार्य योजनाहरुलाई जनमुखी बनाउन बार्षिक साधारण सभामा उपस्तिथि सम्पुर्ण गैर आवासीय नेपाली दाजुभाइ दिदिबहिनीहरुको हरेक बिषयमा सरोकार राखिने संघका प्रबक्ता शंकर डाङिले बताएका छन। त्यस कारण पनि यस महत्त्वपूर्ण बार्षिक सभामा जर्मनी निवासी सम्पुर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि संघले हार्दिक अनुरोध गरेको प्रबक्ताले बताए।

गैरआवासीय नेपाली संघले जर्मनीमा कार्यरत सबै संघ संस्थाहरुसित हातेमालो गर्दै सहमति र सहकार्यमा संघका गतिविधिका सबै अभियानहरु संचालित हुने भएकोले सबै संघ संस्थाहरुलाई पनि यस गरिमामय साधारण सभामा आफ्नो प्रतिनिधित्व सहित उपस्थित भइ सबैको साथ,सहयोग र समर्थनको हार्दिक अनुरोध गरिएको छ।

गैरआवासीय नेपाली संघका अन्तराष्ट्रिय परिषद अध्यक्ष संरक्षक सल्लाहकार तथा पदाधिकारीहरु र आईसिसी सदस्यहरु पनि उपस्थितको लागि अनुरोध सहित हार्दिक निमन्त्रणा गरेको छ। गैरआवासीय नेपाली संघ जर्मनीका प्र​ब​क्ता शंकर डाङिले भने संघले हरेक बर्षमा आयोजना गरिने बार्षिक साधारण सभा भएकोले नयाँ नेतृत्व चयनको बिषयले प्रवेश नपाउने नभएको जानकारी ग​राएका छन।

गैर आवासीय नेपाली संघको स्थापना देखि उठादै आएको एक पटकको नेपाली सधैको नेपाली नेपाली नागरिकताको निरंतरता र नेपालीको लागी नेपाली भन्ने मुल नारा संघको मुख्य अभियानलाई आत्मसाथ गर्दै गैर आवासीय नेपाली संघ जर्मनिले यस बार्षिक साधारण सभामा सबै नेपाली सबल र उध्योमी बनाउ भन्ने मुल नाराका साथ साधारण सभा हुने भएको छ।

जर्मनी निवासी सम्पुर्ण गैरआवासीय नेपालीहरुका साझा समस्यहरुको समाधानको लागी नेपाली दूतावास सबै संघ संस्था, संघका अभियान्ता तथा अग्रजहरुले प्रकाश पार्ने प्रबक्ता डाँगीले जानकारी गराएका छन।

गैरआवासीय नेपाली संघको साधारण सभामा आइसीसी अध्यक्ष भवन भट्ट, संरक्षक जिबा लामिछाने, राम प्रताप थापा, उपाध्यक्ष कुमार पन्त, कुल आचार्य, सपिला राजभण्डारी, सचिब जानकी गुरुङ, महिला सम्योजक रजनी प्रधान तथा अग्रजहरु दिल बहादुर गुरुङ, उषा शर्मा, पुष्प थापा, दावा गेल्जे शेर्पा समेतको उपस्थित रहने जानकारी प्र​ब​क्ता शंकर डाँगीले दिएका छन।