NRNA NCC फिन्ल्याण्डद्वारा जनजागृती माविलाइ सहयोग

Hollywood Khabar May 19,2018 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले हरेक नयाँ कार्यकाल (२ बर्ष) मा नेपालको शैक्षिक क्षेत्रमा एउटा पारोपकारी काम गर्दै आएको छ। यस नयाँ कार्यकालका लागि छनौट गरिएको परियोजनाको काम सम्पन्न भएको छ। भुकम्पबाट प्रभावित मेलम्ची नगरपालिका, कटुन्जे, सिन्धुपाल्चोकमा रहेको जनजागृती माध्यमिक विद्यालयमा १० कम्प्युटर, १ प्रीन्टर र १ प्रोजेक्टर सहितको कम्प्युटर ल्याब तथा ई–लाईब्रेरीको स्थापना गरि, एक कार्यक्रमकावीच विद्यालयलाई हस्तानान्तरण गरिएको छ ।

कम्प्युटर ल्यावका लागि आवश्यक फर्निचर विद्यालय स्वयंले ब्यवस्था गरेको थियो। गैरआवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष, वसन्त गौतम स्वयं उपस्थित भई कामको अनुगमन गर्नुभएको थियो । कम्प्युटर ल्याब तथा ई-लाईब्रेरी हस्तानान्तरण कार्यक्रममा कार्यक्रममा गैरआवासीय नेपाली संघबाट केन्द्रिय प्रतिनिधि र नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका प्रतिनिधिहरु पनि उपस्थित थिए । बिद्यालयका पूर्बबिद्यार्थीहरु र बिद्यालय ब्यबस्थापन समितीले आवस्यक तालिम र ल्याबको दीर्घकालीन ब्यवस्थापन गर्नेछन् ।

यस कार्य सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण ब्यक्ति तथा संघसंस्थाहरु, प्रस्ताव पेश गर्नुहुने सबिन कार्की र बिषेश गरि फिनल्याण्डका मनकारी नेपाली दाजुभाई दिदिबहिनीहरु प्रति एनसिसि फिन्ल्याण्ड हार्दिक कृतज्ञता ब्यक्त गर्दछ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्ड