NRNA NCC USA LOGO

NRNA NCC USA चुनाव: ४ प्यानल र एक सिंगलको भिडन्त, बाजी कसले मार्ला ?

Hollywood Khabar March 02,2019 Comments

कृष्ण के सी/अमेरिका/३/३/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिकाको आगामी २०१९-२०२१ नेतृत्वको लागि निर्वाचनको चहलपहल सुरु भएको छ। सो कार्यकालको अन्तिम मतदाता अर्थात पंजीकृत सदस्यहरुको लिष्ट यसै हप्ताको अन्त सम्ममा आधिकारिक रुपमा सार्जवनिक हुने अनुमान गरिएको छ।

सदस्यताका कुरा

फेब्रवरी १५, २०१९ बाट सदस्यता दिने कार्य बन्द गरिएको छ। ८,९२२ साधारण सदस्यहरुको प्रमाणिकारण कार्य लगभग समाप्त भएको छ। प्रमाणीकरण कमिटीका संयोजक तथा एनसीसी अमेरिकाका उपाध्यक्ष राम कुमार सुवेदीका अनुसार सदस्य संख्या यस्तै ९ हजारकै हाराहारीमा हुनेछ। लाइफ टाइम मेम्बर बढ्ने र प्रमाणित हुन नसकेका मेम्बर घट्ने हुँदा जम्मा संख्या उस्तै हुन आउँछ, सुवेदीले भने। तर पनि अन्तिम लिष्ट यसै हप्ताको अन्तसम्म आउने कुरा गरिएको छ।

आकांक्षीहरुका कुरा

कतिपय व्यक्तिहरुले आफ्नो बजार मूल्य जोख्न, अरुभन्दा अब्बल देखाउन, कसैलाई रोक्न, तल्लो तहको लागि बार्गेनिङ गर्न, कसैको बाटो सजिलो बनाउन, कसैले पनि नगन्ने खोटो सिक्का भएपछि आफैंलाइ ठूलो देखाउन, राजनैतिक खेलाडी जस्तो देखाउन पनि आकांक्षी भएको कुरा गरेका छन्। अनि त्यसैलाई आधार मान्दै कतिपय मिडियाका साथीहरुको लेखाइले हवाला पिटेको छ। तर त्यो लेखाइ कतिदिन सत्य रहला या फेरिएला त्यो भने भविष्यले बताउला।

अध्यक्षका आकांक्षीहरु

केहि मिडियाका ब्रेकिङ न्यूजलाइ इग्नोर गर्ने हो भने अध्यक्षका दावेदारहरुमा मेरो अघिल्लो लेखका पाँचजना भन्दा बढ्ने होइन घटेर तीन या दुइ हुने अवस्था नआउला भन्न सकिन्न। हालसम्म अध्यक्षका आकांक्षीहरुमा बरिष्ठ उपाध्यक्ष सुनिल शाह, प्रवक्ता बिनोद तिवारी, बोर्ड सदस्यहरु संजय थापा र डा अर्जुन बन्जाडे अनि पूर्व बोर्ड सदस्य सुर्य लम्साल रहेका छन्।

उनीहरु मध्ये सुनिल शाह, सुर्य लम्साल, संजय थापा र डा अर्जुन बन्जाडे चारै जनाले प्यानल सहित आउने तयारी गरिरहेको कुरा यो पंक्तिकारसंगको कुराकनीमा बताएका छन।

सुनील शाहले अबको एक हप्ता भित्रमा अर्थात आगामी शनिवार सम्म अध्यक्षको लागि आफ्नो औपचारिक उम्मेद्वारी घोषणा गर्दैछन। उनको टिममा जो जो भएता पनि शाहले आफ्नो टिमका भनेर एकिकृत रुपमा चिनाउनेवाला भने छैनन।

सुर्य लम्साल टीमको तयारीमा जुटेका छन्। उनको तयारी सम्पन्न भएपछि हप्ता १० दिन भित्रमा नै लम्सालको उम्मेद्वारी औपचारिक रुपमा घोषणा पत्र सहित आउने कुरा उनले बताए। यो बाद र राजनीतिक ताना-तान भन्दा स्वच्छ एनआरएनहरुको प्रतिनिधित्व गर्दै आफू आएकोले त्यसको तयारी गर्दै गरेको कुरा लम्सालले बताए।

संजय थापा प्रवासी मंचको सपोर्टमा सबै पक्ष मिलाएर एउटा शसक्त टीमका साथ मार्चको दोश्रो हप्ता अर्थात १५ मार्च सम्म आफ्नो टिमको घोषण गर्ने तयारीमा छन्। थापाले भने हाम्रो भोटर यो पटक राम्रो छ। अनि अरुसँग मिल्ने आधार पनि त्यस्तो सजिलो बनेको अवस्था छैन त्यसैले टीम नै लिएर आउंदै छु।

डा अर्जुन बन्जाडे पनि आफ्नो टिमको तयारी गर्दै छन्। उनले आफ्नो टिम नोमिनेशन पछि मात्र चिनाइने बताए। सबैतिर मिलाउनु पर्छ, ऐले कुराकानी हुँदैछ डा बन्जाडेले भने। औपचारिक रुपमा अध्यक्षको उम्मेदवारी घोषाणा गरिसकेका डा बन्जाडेको टीममा को-को हुन्छन त्यो हेर्न अझै महिना दिन भन्दा धेरै कुर्नु पर्नेछ।

बिनोद कुमार तिवारीले आफू एनसीसी अमेरिकाको लागि अध्यक्ष बाहेक अरु कुनै पनि पदमा चुनाब नलड्ने कुरा बताएका छन्। यो पटक साँढेहरुको जुधाइमा आफू सजिलै जित्ने कुरा समेत बताए। तिवारीले छिट्टै औपचारिक रुपमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने कुरा बताएका छन्।

उपाध्यक्षका आकांक्षीहरु

बरिष्ठ एक र चारजना क्षेत्रीय उपाध्यक्षमा संभवत डेढ दर्जन भन्दा धरै आकांक्षीहरु हुने छन्। बरिष्ठ उपाध्यक्षको चर्चामा भने जेदु पोख्रेल, संजीव कुमार श्रेष्ठ, अमृत सापकोटा र भरत अर्याल रहेका छन्।

चारजना क्षेत्रीय उपाध्यक्षमा ऐले सम्म उम्मेदवार हुनेहरु भन्दै बजार पिटेकाहरुमा कृष्ण जीवि पन्थ, बाला घिमिरे, महेश मल्ल, पूर्ण बानीयाँ, सर्बग्य वाग्ले, थलराज पन्त र बुद्धि सुवेदी रहेका छन्। उपाध्यक्षमा अरु थुप्रै व्यक्तिहरु उम्मेदवार हुन आउने क्रम जारी छ।

महासचिवका आकांक्षीहरु

महासचिवमा हाल सम्म जम्मा तीन जनाको नाम आएको छ। गोपेन्द्र भट्टराई, पशुपति पाण्डे र नवराज खड्का। महासचिवमा अरु दुइ/तीन जना थपिने बलियो संभावना रहेको छ।

कोषाध्यक्षका आकांक्षीहरु

कोषाध्यक्षका लागि चाहिँ दुइजना प्रतिस्पर्धी देखिएका छन्। पूर्वका रविन बज्राचार्य र पश्चिममा बन्धु पोख्रेल।

आइसीसी सदस्यका आकांक्षीहरु

संघको अन्तराष्ट्रिय परिषदको बिधानका आधारमा पंजीकृत सदस्य संख्या १० हजार नाघे ७ जना अन्यथा ६ जना आइसिस सदस्यको कोटा पाउने देखिन्छ। यसका लागि चुनाव लड्नेहरुको नाम भने बजारमा आएको छैन। तर पनि ६ पोजिशनको लागि तीन गुणा धेरै अर्थात १८ जना भन्दा धेरै व्यक्तिहरु निर्वाचनमा खडा हुने आंकडा प्राप्त भएको छ।

मतको टेण्डेन्सी

यो पटक NCC अमेरिकाको मतको टेण्डेन्सी रमाइलो खालको बनेको छ। भोट प्रेशर ग्रुपहरुको हावी छैन। धेरै मत आकांक्षीका आफ्नै समर्थक र पक्षका छन्। कुनै वाद र नेतागणको तर्फबाट प्रभावित हुने मत २००/३०० को हाराहारी या त्यो भन्दा पनि कम छ। त्यसैले अघिल्लो चुनावमा जस्तो उम्मेद्वारले नेताहरुलाई टिकेट काटिदिएर सिटी-सिटी घुमाउनु पर्ने बाध्यता छैन। लगभग २००० भन्दा धेरै रहेको न्यूट्रल मत जसले तान्छ त्यो व्यक्ति धेरै अगाडी हुन्छ।

तालमेलको प्रयास

विगतको जस्तो कोहि र कसैले मिलाइदिने या किङ मेकर हुने मौका यो पटक देखिंदैन। विशेषगरि नेपाली जनसम्पर्क समिति र प्रवासी मंचको पक्ष विपक्ष भनिएता पनि त्यसका नेताहरुले सजिलै मिलाउने अवस्था छैन। नेपाली जनसम्पर्क समितिका नेताहरुको अधिनस्त या उनीहरुले भनेर हुने मत ठूलो छैन। केवल एकजना नेता जो NRNA का जिम्मेवार पनि हुन् उनको भने थोरै हावी छ। प्रवासी मंचको मत एकै तिर जान्छ भनेर कसैले अनुमान नगरे हुन्छ। जनसम्पर्क र प्रवासी मंच दुबैको गुट-उपगुट उत्ति नै नभए पनि उस्तै भने पक्कै रहेछन। अब कसको तालमेल कतातिर हुन्छ भन्ने लगभग ६०% जानकारी आइसकेको भएता पनि अझै हप्ता १० दिन त्यसको हाइपोथेसिस गर्ने बेला आएको छैन।

अन्तराष्ट्रिय चासो

अमेरिकाको निर्वाचनलाइ लिएर विश्वका अरु देशका गैरआवासीय नेपालीहरु, नेतृत्व पक्ष र आगामी निर्वाचनका आकांक्षी हुने धेरैले अमेरिकाप्रति चासो लिएका छन्। अन्तिमका ८/९ दिनमा धेरैजनाले कुराहरु सोधेर जानकारी लिएका छन्।

**********************************************

थप जानकारीको लागि पूर्व प्रकाशित समाचारहरु:

NRNA:गैरआवासीय नेपाली संघ: NCC अमेरिकाको निर्वाचन, शाह र लम्साल नेक एण्ड नेक

https://hollywoodkhabar.com/nrnancc-usa-shahalamsal