-NRNA:एनआरएनए एनसीसी अष्ट्रेलियाका लागि जनसम्पर्क समितिका उमेद्वारहरुको घोषणा

NRNA:एनआरएनए एनसीसी अष्ट्रेलियाका लागि जनसम्पर्क समितिका उमेद्वारहरुको घोषणा

Hollywood Khabar May 28,2019 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाको निर्वाचन मुखैमा आएको छ।

एनआरएनए एनसीसी अष्ट्रेलियाको २०१९-२०२१ कार्यकालको लागि ६ जुलाई २०१९ मा राष्ट्रव्यापि निर्बाचन हुने भएको छ। संस्थाले निर्बाचन समिति गठन गरी बिगत जस्तै कम्प्यूटर प्रविधिबाट निर्बाचन सम्पन्न गराउन तयारीमा जुटेको छ।

निर्बाचनको मिति तय भएसंगै बिगतमा जस्तै कांग्रेसी समर्थक र कम्न्यूष्ट समर्थकबिच प्रमुख प्रतिषपर्धा हुने देखिएको छ। दुबै समुहका उमेद्वारहरु हाल चुनाबी नारा लिएर फेसबुकका वालहरुलाई रंगिन बनाई रहेका छन।

प्रमुख यी दुई समुह बाहेक अन्य स्वतन्त्र उमेद्वारहरुको नाम समेत चर्चामा आएका छन। नेपाली कांग्रसी समर्थकहरुको समुहबाट उमेद्वारी छनोटमा नपरेकाहरु गएको बर्ष जस्तै बागि उमेद्वारीको तिब्र तयारीमा जुटेका छन।

यसै बिच नेपाली कांग्रेसको सुभेक्क्षुक संगठन जनसम्पर्क समिति अर्थात एनपिसीसी अष्ट्रेलियाले आफनो समर्थन गर्ने उमेद्वारको लगभग सबै नामहरु टुङ्गो लगाएको छ। एक पदमा दूई भन्दा धेरै साथीहरुको इच्छा भएकाले एनआरएनए एनसीसी अष्ट्रेलियमा नेतृत्व तथा कार्य गर्न जाने साथीहरुको सरलीकरणका लागि एनपिसीसी अष्ट्रेलियाका बरिष्ठ उपाध्यक्ष सुरेश गुरुङको संयोजकत्वमा एक समिति गठन गरीएको कुरा एनपिसीसी अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले बताए।

गिरीका अनुसार समितिले आन्तरीक बृहत अभ्यास र छलफल पछि एनआरएनए एनसीसी अष्ट्रेलियाको राष्ट्रिय अध्यक्ष पदमा नन्द गुरुङलाई खडा गर्ने निर्णय गरेको छ। गुरुङ हाल एनआरएनए एनसीसी अष्ट्रेलियाका उपाध्यक्ष तथा सदस्यताको हिसावले सबै भन्दा ठूलो राज्य एनएसडब्लुको संयोजक समेत रहेका छन।

एनआरएनए अष्ट्रेलियाको कार्य समिति सदस्य तथा खेलकुद संयोजक हुंदै बिगत दूई दशक देखि नेपाली समुदायमा परोपकारी तथा सामाजिक कार्यमा गुरुङ सक्रिय छन। सरल, लगनशिल तथा इमान्दा समाजसेवीका रुपमा कहलिएका गुरुङ यस पटकको निर्बाचनमा पनि दरिलो उमेद्वारको रुपमा प्रस्तुत भएका छन। बिगतमा सर्वाधिक मत प्राप्त गर्ने लोकप्रिय उनि यस पटक सबैको रोजाई हुन सक्छन भन्ने अनुमान गर्न सकिन्छ ।

त्यसैगरी जनसम्पर्कले गूरुङको अध्यक्षतालाई समर्थन गर्ने गरी उपाध्यक्ष एबम एनएसडब्लु राज्य समितिमा नेपाल बिद्यार्थी संघका प्रवाभसाली पूर्व बिद्यार्थी नेता एबम पोखरा समाज अष्ट्रेलियाका अध्यक्ष राज कुमार अधिकारीलाई अघि सारेको छ। राष्ट्रिय महासचिबमा इन्जिनियरिङ पेशामा बिद्यावारीधि गरेका मेलवर्न निबासी बिज्ञ डा शंकर ढकाललाई अघि सारेको छ। राष्ट्रिय सचिबमा बर्तमान एनएसडब्लु राज्य समितिका सचिब सरोज पाण्डे, राष्ट्रिय कोषाध्यक्षमा लामो समयदेखि एनआरएनएमा लागि परेका कुशल के सी र राष्ट्रिय यूवा संयोजकमा बर्तमान एनएसडब्लु राज्य समितिका यूवा संयोजक बिजय पौडेलले उमेद्वारी दिने भएका छन।

जुलाई ६ मा हुने निर्बाचनले राष्ट्रिय समति सहित राज्य समिती समेत निर्बाचित गर्ने छ। राज्य समिति अन्तर्रगत एनएसडब्लु राज्य समितिमा राज कुमार अधिकारीको संयोजकत्वमा उपसंयोजकमा भिम बस्नेत, सचिबमा सुजाता उपाध्याय, सह सचिबमा दिल तामाङ, कोशाध्यक्षमा सबिना न्यौपाने र यूवा संयोजकमा बिधान पाण्डे उमेद्वार रहने भएका छन।

सदस्य उमेद्वारहरुमा बिनोद हमाल, दिलु केसी, दिनेश भण्डारी, घनेन्द्र फियाक, हरी अधिकारी, कृतन सिग्देल, प्रकाश प्रजापति, सुजित सिंह, सुनिल थापा, उद्धव बिष्ट रहेका छन ।

एनएसडब्लु राज्य बाट एनसीसीमा प्रतिनिधित्व गर्न एनसीसी सदस्यका लागि अनिशा गिरी, भवानी पौडेल, बिशाल पोखरेल, योगेन्द्र सापकोटा (आशिष), मोहन भट्टले उमेद्वारी दिने भएका छन ।

सोहि निर्बाचनले अष्ट्रेलियाको प्रतिनिधित्व गर्न आईसीसी सदस्यहरुको समेत निर्बाचिन गर्ने छ । आईसीसी सदस्यमा राजन ढुङ्गेल क्यानवेरा, अरुण कुमार ठाकुर सिडनी, दिपक शर्मा पर्थ लगायतले सोहि समुहबाट उमेद्वार रहने भएका छन ।

कम्न्यिूष्ट समुहको प्रतिनिधित्व गर्दै अध्यक्षमा दिनेश पोखरेलले उमेद्वारी दिने भएका छन भने कांग्रेसी समुहबाट बिद्रोह गर्ने समुहको प्रतिनिधित्व गर्दै बागी अध्यक्षको उमेद्वार केशब कंडेलले दिने घोषणा गरेका छन ।

बिगत समय देखि बिवाद भनिएका जनसम्पर्कहरु अहिले एनआरएनए अष्ट्रेलियाका लागि एकै ठाउँ उभिएका छन भने एमाले र माओबादी पाटिको एकताले यी दुबै पटिहरुले संयूक्त उमेद्वारहरुको घोषणा गरेका छन।

१२ हजार सदस्यता बनाएर बिश्वमा नै सबैभन्दा ठूलो एनआरएनए एनसीसी भएको अष्ट्रेलियाको निर्बाचन निक्कै प्रतिष्पर्धातमक हुने भएको छ। पछिल्लो समय नेपाली बिद्यार्थीहरुको पहिलो रोजाईको देश भएकाले पनि देश, बिदेश र नेपालबाट सबैले यो निर्बाचनलाई धेरैले नजिकबाट नियाली रहेका छन।