-गैरआवासीय नेपाली संघका सचिव गौरी जोशी

एनआरएनए आइसिसको ७५ औं बैठक, डिसेम्बर १ देखि एमआइएसमा सदस्यता वितरण हुने

Hollywood Khabar November 21,2020 Comments

कृष्ण के सी, अमेरका/११/२२/२०

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को बिशेष महाअधिवेशन, संघको सदस्यता लगायतका बिषयमा छलफल गर्न बसेको ७५ औं बैठक सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदको नोवेम्बर २२, २०२० आइतवार बसेको ७५ औं बैठक संघका थुप्रै एजेण्डा सहित अन्त भएको छ। बैठकमा अति जरुरीको मानिएको बिशेष महाअधिवेशनको लागि जनवरीको २३-२४, २०२१ को मिति प्रस्ताव गरिएको बताइएको छ। सो बारे आधिकारिक निर्याय आएको छैन, प्रवक्ता डिबी क्षेत्रीले निर्णय पछि पठाउने बताउनु भएको छ।

बैठक पछि संघका सचिव गौरी जोशीले संघको स्मार्ट एनआरएनए प्रोजेक्टको मेम्बर्शिपको लागि बनाइएको एमआइएस सिष्टमको डेमोश्ट्रेशन सम्पन्न भएको जानकारी दिनुभयो। अब डिसेम्बर १, २०२० देखि लिंक अपडेट गरेर पहिलो चरणमा हालका सबै सदस्यहरुको अपडेट गरिने छ। त्यसपछि देखिएका ईररहरुलाइ मोडिफिकेशन सहित नयाँ सदस्य बन्न पनि साइट खोलिनेछ। यो पटक सदस्यता शुल्क नतिरी सदस्यता फर्म भरिनेछ। बिशेष महाधिवेशनले पास गरे अनुसार शुल्क र निशुल्कको ब्यबस्था अनुसारको अध्याधिक चाहिँ पछि गरिनेछ, सचिव जोशीले जानकारी दिनुभयो।

कोरोनाको महामारीले गर्दा संघको बिशेष महाअधिवेशन भर्चुअलमा गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालयले स्वीकृति दिइसकेको छ। तर बैठकले बिशेष महाधिवेशनको मितिको तोक लगाएको या नलगाएको कुरा भने आधिकारिक रुपमा आएको छैन।

अब हुने बिशेष महाअधिवेशनमा प्रतिनिधिहरु पनि गत महाधिवेशनकै हुने बैधानिक ब्यबस्था छ।