NRNA: एनआरएनए अमेरिकाले सदस्यता कार्ड वितरण गर्ने

Hollywood Khabar November 21,2017 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी यूएसए) ले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागी आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको कुरा बताएको छ।  
परिषदका मिडिया कोअर्डिनेटर बाल जोशीका अनुसार सो बिषयमा जानकारी गराउन एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष डा. केशव पौडेलदद्वारा हस्ताक्षर गरिएको पत्र सम्पूर्ण रजिष्ट्रड सदस्यहरूलाई इमेल मार्फत पठाइएको छ।
मिडिया कोअर्डिनेटर जोशीका अनुसार एनसिसि अमेरिकाको गत सेप्टेम्बर १७ तारिखमा बसेको कार्यसमितिको पहिलो बैठकले कार्यसमिति सदस्य गोपेन्द्र भट्टराईको संयोजकत्वमा एनआरएनएए अमेरिका परिचयपत्र समिति गठन गरी परिचयपत्रको व्यवस्था अविलम्ब सुरु गर्न सम्पूर्ण जिम्मेवारी दिएको थियो। अबको केही साता भित्रमा एनसीसी अमेरिकाका सबै सदस्यहरूले आ-आफ्ना राज्य च्याप्टरहरु मार्फत परिचयपत्र प्राप्त गर्नेछन्। यसका लागी प्रत्येक सदस्यले अनलाइन प्रोफाइल अपडेटका साथै २X२ (Visa) साइजको फोटो समेत अपलोड गर्नुपर्नेछ ।
स्मरणिय कुरा, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको गत २०१५-२०१७ कार्यकाल देखिकै ब्यबस्था अनुसार संघका सम्पूर्ण पंजीकृत सदस्यहलाई सोहि मुताविक परिचय पत्र दिनुपर्ने र सदस्य बन्नुपर्ने थियो। उपरान्त २०१९-२०२१ अबधीका लागि बन्ने सदस्यहरु पनि संघको आइएमएस अनुसार हुनुपर्नेछ। यो ब्यबस्था पाइलट प्रोजेक्टको रुपमा एनसीसी अष्टेलिया, यूके र अमेरिकालाइ २०१७-२०१९ मा नै गर्नुपर्ने थियो। तत्काल कुनै प्रयास नै गरिएन र एनसीसी अमेरिकाको सदस्यता संबन्धि चर्को विवाद आएको हो। तर एनसीसी कतार लगायतले भने सोहि अनुरुप आफ्ना सदस्यता वितरण गरेका थिए तर अमेरिकाले गरेको थिएन। NRNA ICC ले आफना सम्पूर्ण पंजीकृत सदस्यहरुलाई सदस्यता कार्ड दिनेछ।त्यो कार्ड र NCC अमेरिकाको कार्ड एउटै हुने हो या फरक-फरक हुने हो त्यो भने संघले जानकारी गराएको छैन।
तर मिडिया कोअर्डिनेटर जोशीले अबको केही दिन भित्रमा परिचय पत्रका लागी आवश्यक फोटो अपलोड गर्नका साथै अन्य व्यक्तिगत जानकारी समेत अपडेट गर्न सदस्यहरूलाई एक इमेल प्राप्त हुनेछ। सदस्यहरुले संस्थाको वेब पेजमा लग-इन गरी आफ्नो तस्बिर अपलोड गर्नका साथै अन्य जानकारी अपडेट गरेपश्चात परिचय पत्रका लागी प्रक्रिया अघि बढ्नेछ । फोटो अपलोड गर्ने तथा अनलाइन प्रोफाइलको पासवर्ड सेट/रेसेट गर्ने विषयमा समेत सोहि इमेलमा उल्लेख गरिने छ भन्ने कुरा बताउनुभएको छ।