-एनसीसी म्यान्मार महिला फोरम

NRNA: गैरआवासीय नेपाली संघको एनसीसी म्यान्मार महिला फोरम गठन

Hollywood Khabar June 17,2019 Comments

कृष्ण के सी/अमेरिका/६/१८/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) को राष्ट्रिय समन्वय परिषद म्यान्मारको महिला फोरम गठन भएको छ।

एशिया तथा प्रशान्त क्षेत्रका गैरआवासीय नेपाली महिलाहरु अन्य क्षेत्रभन्दा धेरै सक्रिय छन। यस क्षेत्रमा एक एनसीसी एक महिला फोरम अभियान चलाउँदै आएकी सो क्षेत्रकी महिला संयोजक जुनु माया गुरुङको पहलमा धेरै एनसीसी महिला फोरम गठन भएका छन्। स्मरणीय कुरा सो क्षेत्रको क्षेत्रीय बैठक तथा महिला बैठक आगामी जुलाई ६-७, २०१९ मा हुँदैछ।

केहि हप्ता पहिला मात्र चीनमा महिला फोरम गठन भएपछि यस पटक जुन १८, २०१९ मा म्यानमारमा महिला फोरम गठन भएको छ। हाल सम्म जापान, हङकङ, मकाउ, मलेसीया, सिंगाकापुर्, थाइल्याण्ड, कोरिया, चीन र म्यानमार गरी ९ देशमा महिला फोरम गठन भएका छन्। एनआरएनए एनसीसी म्यान्मारको सो फोरममा संयोजकमा डा मीना देबी सापकोटा चयन भएकी छन्।

एनआरएनए एनसीसी म्यान्मार अध्यक्ष एस पि क्षेत्रीको प्रमुख अतिथिमा सो फोरम गठन भएको कुरा क्षेत्रकी महिला संयोजक जुनु माया गुरुङले हलिउडखबरलाइ जानकारी दिएकी हुन्। फोरमलाइ सपोर्ट गर्नको लागि नेपाली राजदुताबासबाट श्रीमती मदन रंजना उदासले पनि आवश्यक सल्लाह दिने कुरा बताइएको छ।

म्यान्मार महिला फोरमफोरमको नामावली

संयोजक- संयोजक -डा मिना देवी सापकोटा

सदस्यहरुमा

विवेक गौवली

मोहर भट्टराई

डा सोनीया पोखरेल

कलवती सापकोटा

कुमारी नियोपन

सुश्री बन्जेज

चन्द्र नुवाका

कुलावती बानिया

कामाला वागल