-एनआरएनए एनसीसी माल्टाको समस्या सहज गर्न कार्यसमितिको संयुक्त राजिनामा

एनआरएनए एनसीसी माल्टाको समस्या सहज गर्न कार्यसमितिको संयुक्त राजिनामा

Hollywood Khabar June 08,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) माल्टाका पदाधिकारीहरुले संयुक्त राजिनामा दिएका छन्।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले गत मे ९, २०२० मा एनआरएनए एनसीसी माल्टाका धेरै पदाधिकारीहरु मानव ओसार-पसार कार्यमा संलग्न भएको, धेरै नेपालीहरु पिडित रहेको जस्ता गंभिर बिषयलाई छानविन गर्न एक समिति गठन गरेको थियो।

गैरआवासीय नेपाली संघको युरोप क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) नारायाण आचार्यको संयोजकत्वमा गठित ५ सदस्य छानविन समितिले गरेको प्रगतिको जानकारी गराउन एक प्रेस विज्ञप्ति जारि गरेको छ। छानविन समितिमा क्षेत्रीय उपसंयोजकहरु मुक्त बहादुर गुरुङ, कृष्ण तिमल्सिना र शुक्रराज नेउपानेका साथै आइसिसि सदस्य रामशरण सिम्खडा समेत हुनुहुन्थ्यो।

छानविनबाट आएको निष्कर्ष र बिषयलाई सहज बनाउनको लागि एनआरएनए एनसीसी माल्टाको निर्वाचित सिंगो टिमले नै संयुक्त रुपमा राजिनामा दिएको छ। एनसीसी माल्टाका अधिकाँस पदाहिकारीहरुले आफूहरु मानव ओसार-पसार कार्यमा संलग्न भएको स्विकारेका छन्। थुप्रै प्रयास र अनुसन्धान पछि सो नतिजामा पुगिएको र एनआरएनए एनसीसी माल्टाले सबै कुरामा सहयोग गरेको कुरा पनि आरसी नारायाण आचार्यले बताउनु भएको छ।

आफ्नो जिम्मेवारीलाइ एउटा टुंगोमा पुर्याएर अगाडि आइसीसीलाइ निर्णय गर्न बाटो खुल्ला भएको कुरा बताउँदै यस कार्यमा सहयोग गर्नुहुने एनसीसी माल्टा र संबद्ध सबैलाई आरसी आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको छ।

कृष्ण के सी

उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

जुन ९, २०२०