NRNA: एनसीसी मकाउको महिला फोरम

NRNA: एनसीसी मकाउको महिला फोरम गठन

Hollywood Khabar October 26,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मकाउले एक समारोह बीच आफ्नो महिला फोरम गठन गरेको छ।
मकाउमा रहेका गैरआवासीय नेपाली महिलाहरुलाई महिला नेतृत्व बिकास, महिला व्यवसायिकता र आपसी सहयोग साथै संघको बिकास र सहयोगको लागि महिला फोरम गठन गरेको छ।
 
यो एनसीसी मकाउको महिला फोरम गठन गर्नको लागि गैरआवासीय नेपाली संघ एनसीसी हङकंङकी अध्यक्ष टिका गुरुङ तथा एनसीसी हङकंङकी महिला फोरमको संयोजक अनु राइको सहयोग अनि योगदान बिशेष रुपमा रहन गयो। यसका लागि उहाँहरुलाई धन्यवाद दिन चाहन्छु, संघकी एशिया तथा प्रशान्त क्षेत्रकी महिला संयोजक जुनु गुरुङले हलिउड खबरसंग बताइन।
 
गुरुङका अनुसार आफ्नो क्षेत्रमा महिला फोरम गठन गर्ने र आगामी क्षेत्रीय बैठक पूर्व थप गतिबिधिहरु समेत गरिनेछ। आगामी डिसेम्बर २०१८ मा हुने प्रथम क्षेत्रीय महिला बैठकमा यस संबन्धि बिशेष योजना र निर्णय समेत गरिने छ गुरुङले बताइन।
 
यहि २७ अक्टुवर २०१८ का दिन संघको एनसीसी मकाउले सर्मिला राइको संयोजकत्वमा सात सदस्स महिला फोरम गठन गरेको छ। फोरमका सदस्यहरुमा कुमारी लिम्बु, शितल सिलवाल, सुशिल राई, संगीता रिजाल, मन कुमारी गुरुङ र यांग्जिन शेर्पा छन्।