गैरआवासीय नेपाली संघले विश्वभर छरिएका नेपाली समुदायसँग प्रत्यक्ष संवादको कार्यक्रम शुरु गर्ने भएको छ ।
संघका महासचिव डा. हेम राज शर्माका अनुसार एनआरएनएलाई उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउने सो कार्यक्रम संचालन गरिन लागिएको हो। संघका हरेक गतिविधीलाई विश्वभर छरिएका रहेका नेपालीमाझ पुर्याउने उदेश्य अनुसार प्रत्यक्ष संवाद गरिन लागिएको हो ।
परिक्षणका रुपमा सञ्चालन गरिने पहिलो संवाद ‘एनआरएनएसँग सिधा संवाद’ औपचारिक सुरुआत हुने छ। आगामी शनिबार दिउँसो, नेपाली समय अनुसार ठीक दिउसो ३.१५ बजे संघको आधिकारीक फेसबुक पेज ((https://www.facebook.com/NRNAOfficial/) बाट शुरु हुने सो संवादमा संघका महासचिव डा. हेम राज शर्माले विश्वभर छरिएका नेपालीहरुसंग प्रत्यक्ष कुराकानी गर्दै जिज्ञासाको जवाफ दिने छन् ।
कार्यक्रममा जनचासोका विषयमा रहेर सम्बन्धित संघका विभागका प्रमुखसँग प्रत्यक्ष संवादको अवसर मिलाइने जनाएको छ ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...