NRNA: असक्षम नेतृत्व, सर्वत्र जोडदार राजीनामाको माग--थापा

Hollywood Khabar September 09,2018 Comments

पु्ष्प थापा
बिदेशमा बस्ने  नेपालीहरुको हक हित र अधिकार तथा समृद्ध नेपाल निर्माण गर्नको लागी २००३ सालमा गैर आवासीय नेपाली संघको स्थापना भएको हो। गैरआवासीय नेपाली संघ २०१३ सालमा विधिवत रुपमा नेपाल सरकारमा दर्ता भएको हो। संघको १५ बर्षको ईतिहासमा संसार भरी छरिएर रहेका ७८ मुलुकहरुमा रहने ५० लाख भन्दा धेरै नेपालीहरुको साझा संघको रुपमा  संगठित हुने एउटा शुभ अवसर संघले प्रदान गरेको छ। स्वदेश तथा बिदेशमा गैरआवासीय नेपालीहरुको हक आधिकार सहितको मागहरुको अभियानमा निरन्तर सकृय रुपमा कुशल नेतृत्व प्रदान गर्ने आदरणीय अग्रजहरु हार्दिक नमनका पात्र हुनु भएको छ।

यस अवधि सम्म आई पुग्दा संघको अगुवाईमा गैरआवासीय नेपालीहरुलाई धेरै महत्वपूर्ण उपलब्धिहरु प्राप्त भएका छन। नेपालको संबिधान २०७२ले ब्यबस्था गरेको गैर आवासीय नेपाली नागरिकता र सम्मानिय सर्वावोच्च अदालतको गरिमामय फैसलाले बिदेशमा रहने सम्पूर्ण नेपाली नागरिकहरुले आफ्नो वालिक मतदानको अधिकारको प्रयोग गर्न पाउने ब्यबस्थाले गैर आवासीय नेपालीहरुलाई धेरै उत्साहित बनाएको छ।

२०७२ बैशाख १२ गते गएको महा बिनाशकारी भुकम्पले छिया छिया पारेको नेपाल आमाको घाऊमा मलम पट्टि लाउन देखि लिएर भूकम्प पिडितहरुलाई  राहत, पुन:निर्माण जस्ता महत्वपूर्ण संबेदनशिल आपत विपत कालिन समयमा गैरआवासीय नेपाली संघको भरपूर्ण साथ, सहयोग नेपाली जनतालाई रह्यो।

भारतले लगाएको ६ महिना लामो अघोषित नाका बन्दिको बिरोधमा बिश्व भरी रहेका भारतिय दुतावास,  संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संघ, संगठनहरुको अगाडी भारतको बिरोधमा गैरआवासीय नेपाली संघको नेतृत्वमा नारा, जुलुस एबं धर्ना दिई भारतलाई बिश्व समुदायको अगाडी शर्मिंदा बनाई घुडा टेकाई सार्वभौम नेपालको स्वाभिमानी शिरलाई उच्च बनाएको ईतिहास बिश्व समुदाय तथा सम्पूर्ण नेपाली जनमानसमा जगजाहेर छ।

नेपाली पहिचान र नेपालको पर्यटन बिकासको लागी बिभिन्न मुलुकमा सकृय रुपमा कार्यरत गैरआवासीय नेपाली संघको नेतृत्वले आयोजना गर्ने  नेपाली मेला, नेपाली खाना परिकार र नेपालमा उत्पादित सामानहरुको प्रदर्शन, नेपाली भेष भुषाको साथमा बहु आयामिक नेपाली कला तथा संस्कृतिको प्रवर्धन र संरक्षण गर्दै सम्बन्धित मुलुकको कला तथा संस्कृतिसित समानान्तर रुपमा नेपाली कला संस्कृतिको विकास प्रयासमा लागिरहेछन।

गैरआवासीय नेपाली संघको निरन्तर अभियानको रुपमा शुरक्षित बैदेशिक रोजगार तथा समृद्ध नेपालको निर्माणको लागी सामुहिक लागनी, भुकम्प पिडितको लागी लाप्राक नमुना बस्ति, शंखमुल पार्क,संघको केन्द्रिय भवनको निर्माण र उज्यालो नेपाल जस्ता महत्वपूर्ण कार्ययोजनाहरु चालु निर्माणधीन अवस्थामा छन। यी सबै योजनाहरुलाई पुरा गर्न संघको जिम्मेवारीपूर्ण कुशल नेतृत्व र सम्पूर्ण गैर आवासीय नेपालीहरुको साथ सहयोग र समर्थनको ठुलो आवश्यकता पर्दछ।

लोकतान्त्रिक पद्धति द्वारा  बिश्व सम्मेलनमा नेतृत्व चयन गर्दा जीत हार हुनु स्वाभाविक प्रकृया नै भएकोले शहर्ष स्वीकार्य हुने गर्दछ। निर्वाचनमा भएको भएको गुटबन्दीले पुरै कार्यकाल सम्म पनि सकृय रुपमा सिण्डिकेटको आदेश द्वारा परिचालित हुदा संघमा राम्रो भन्दा पनि हाम्रोको  धेरै बोलबला हुने भएकोले संघले सुरु गरेका कार्ययोजनाहरुमा अलपत्र पर्दै गएको परिदृष्यहरु अगाडी आउन थालेका छन। यी परिदृष्यहरुको संकेतले गैर आवासीय नेपालहरुलाई जोड्न भन्दा पनि बिखण्डन तिर धकेल्दै गरेको देखिन्छ।

गैरआवासीय नेपाली संघको स्थापना काल देखि नै निर्वाचनमा पराजित हुनेहरुलाई पनि संघको कुनै तह तक्मा तथा सम्मान सहितको जिम्मेवारीपुर्ण स्थान प्रदान गरी सबै गैर आवासीय नेपालीहरुको अपनोत्व ग्रहण गर्ने सुवर्ण अवसर प्रदान गर्ने प्रचलनले गैर आवासीय नेपालीहरुको सधै मजबुद एकता रहदै आएको थियो। तर यो निरन्तरतालाई वर्तमान सिण्डिकेट युक्त नेतृत्वले खारेज गर्दा  पराजित हुने धेरै ठुलो संख्या संघको गतिविधिबाट टाढा राख्नु संघको भविष्यको लागी शुभ संकेत देखिदैन।

गैरआवासीय नेपाली संघको अधिवेसनको साधारण सभाले पारित गरेको भिजन २०२०ले प्रदान गरेको अधिकारलाई कुण्ठित गर्दै गैरआवासीय नेपाली संघको नेतृत्वले कार्यकारी निर्देशक राजेश राणालाई बिना कसुर ठाडो आदेशमा पदच्युत गरी बिधि प्रकृया भन्दा पनि सिण्डिकेटको हुकुम प्रमांगीणद्वारा हेमन्त दवाडीलाई कार्यकारी निर्देशक नियुक्त गर्नु गैरआवासीय नेपाली संघको मर्म,भावना र बिधान तथा  नेपालको प्रचित श्रम ऐन कानुन विपरित भएको गरिमामय श्रम अदालतको फैसेलाले प्रमाणित गर्दै पदच्युत भएका राणाको पुर्वाहाली गरि दिए पछि बर्तमान नेतृत्व असक्षम भएको प्रमाण सावित गरेको छ।

गैरआवासीय नेपाली संघको प्रस्थापनामा नै संघ एउटा गैर राजनीतिक संस्था भएको उल्लेख गरिएको छ भने २०१३ साल अोक्टुबरमा नेपालको परराष्ट्र मन्त्रालयमा पनि यिनै अधारमा एउटा परोपकारिक सामाजिक संस्थाको रुपमा दर्ता भएको छ तर नेतृत्वले हर समय सत्तापक्षको बयानबाजी गर्दै हिडेको गैरआवासीय नेपाली संघको प्रत्येक कार्यक्रमहरुमा दिएको प्रवचनले सिद्ध गर्दछ। त्येसैले गैर आवासीय नेपाली संघको नेतृत्व सत्ता पक्षका  कार्याक्रतहरुको वरिपरी घुमेको देखिन्छ। ११ औ युरोप क्षेत्रीय बैठकमा सिधा राजनीतिक हस्तक्षेप भएको बिरुद्धमा २० बुदे बिमति पत्र समेत युरोपका एनसीसी अध्यक्ष तथा आईसीसी पदाधिकारीहरुको संयुक्त विज्ञप्तिले पनि राजनीतिक हस्तक्षेप भएको प्रमाणित गरिसकेको छ।

निवर्तमान अध्यक्ष शेष घलेको कार्यकालमा संकलन भएको आधी अरव रुपैया अब समाप्त भई सकेको छ। गैरआवासीय नेपाली संघको आर्थिक अनियमियता र अपारदर्शिता तथा भ्रष्टाचारले गर्दा गैर आवासीय नेपाली संघ ठुलो आर्थिक संकटको दुर्घटनामा पर्न सक्ने संभवाना रहेकोछ। त्येसैले संघको जनविश्वास हट्दै गैरहेको छ। संघ नेपाल सरकारमा दर्ता भएकोले सम्पूर्ण पंजीकृत सदस्यहरुले कुनै दिन अक्तियार अनुसन्धान आयोगलाई गुहार्न पर्ने देखिन्छ। यो अनियमिताको पराकाष्ट  निराकरण नगरे सम्म वर्तमान नेतृत्वलाई कुनै पनि एनसीसीको विश्वास भरोसा गर्न सक्ने छैनन।

अध्यक्षले लण्डनमा घोषणा गरेको १० अरब रुपैया कोषको अहिले उच्चाहरण सम्म पनि हुन छाडेको छ। नेपाली जनमानसमा सस्तो लोकप्रियताको  लागी गरीने आर्थिक प्रतिबद्धताहरुले आसन ग्रहण र खाता तथा सामाजिक संजालमा फोटो सेसन मात्र गर्न सिमीत रहेको संघको वर्तमान नेतृत्वको असक्षमको कारणले  गर्दा यो कार्यकालमा गैर आवासीय नेपाली संघले एक पैसा पनि उठाउन सकेको छैन। अब रकमको अभावको कारणले गैरआवासीय नेपाली संघका मेगा प्रोजेक्टहरु केन्द्रिय कार्यालय भवन र लाप्राक नमुना बस्ति निमार्ण अलपत्र पर्दै गहिहरेको देखिन्छ। सस्तो प्रचार वाजीको लागी गरीएको अरु थप नया घोषणा गरिएका योजना र कार्यक्रमहरु कागतमा मात्र सिमित हुन सक्ने देखिन्छन।

गैरआवासीय नेपालीहरुको एकता संघलाई  तागत र नेतृत्वलाइ धेरै उर्जा प्रदान गर्न सक्दछ। गैरआवासीय नेपालीहरुलाई बिभाजन गरी धनि र गरिव  विज्ञ र अनविज्ञमा बिभाजन गर्दै दुई चार जनाको स्वार्थ पूर्तिमा तल्लिन रहेको नेतृत्वले संघलाई गैर आवासीय नेपालीहरुको सांझा संस्थालाई रुपान्तरण गरी ब्यक्तिबादी क्लब बनाई खाता,ब्याज र आसन ग्रहणमा मात्र सिमित गर्ने कोशिसमा जुटेको छ।

यी विविध धेरै कारणहरुले गर्दा गैर आवासीय नेपाली संघको भविष्य अन्धकार तीर धकेल्लिदै गएको हुनाले वर्तमान नेतृत्व अक्षम भएको प्रमाणित भई सकेकोले संघको ६३ औ आईसीसी बैठकमा उपस्थित अधिकतम आईसीसी सदस्यहरुले संधको बचावटको लागी अध्यक्ष र महासचिव ज्युको सिधा नैतिकताका आधारमा राजीनामाको माग गरे। तर नेतृत्व अहिले सम्म पनि नतमस्त छ।

गैरआवासीय नेपाली संघको स्थापना काल देखि संघको अभियानमा निरन्तर सकृय पत्रकार राजेन्द्र भट्टले नमस्ते युरोप च्यानलमा "म नेपाली" कार्यक्रम मार्फत  बिभिन्न कारणहरु सहित नेतृत्व अक्षम भएकोले तुरुन्त राजिनामा दिई मार्ग प्रशस्त गर्न सल्लाह सुझाव दिएका छन।

अब पत्रकारहरुको कलमको आवाज र माईकको आवाज पनि गैरआवासीय नेपाली संघको अक्षम नेतृत्वबाट संघलाई बचाउन सकृय भएको संकेत गर्दछ। स्मरण सहोस गैरआवासीय नेपाली संघमा नेतृत्वको राजिनामाको मागको आवाज चारै तिरबाट जोड तोडले सदन देखी सडक सम्म भएको यो पहिलो  ईतिहसिक घटना हो।

**थापा एनआरएनए जर्मनीका पुर्व अध्यक्ष, प्रमुख संरक्षक तथा निवर्तमान आईसीसी सल्लाहकार र बिधान समितीका सदस्य समेत हुन।