-NRNA President Mr Kumar Pant

NRNA:ललिता निवास जग्गा प्रकरण र हाम्रो बिल्डिङबारे तीन विकल्प:अध्यक्ष पन्त

Hollywood Khabar February 04,2020 Comments

कृष्ण के सी/अमेरिका/२/५/२०२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले ललिता निवासको जग्गा प्रकरणमा संघलाई ठग्नेहरुबाट सावाँ-ब्याज सहित रकम फिर्ता र बिल्डिङ भोग चलन गर्न माग गर्ने कुरा बताएका छन्।

एनआरएनएका अध्यक्ष पन्तले हलिउडखबरका लागि सोधिएको प्रश्नको जवाफमा आफू केहि महिना देखि नै सो बिषयमा लागि परेको बताए। पहिला पनि सरकारले काठमाण्डौ भ्याली बाहिर गएमा बिल्डिंङ बनाउन जमिन दिने कुरा गरेको थियो। त्यो बेला हामीले राम्रो ठाउँ काठमाण्डौ भित्र नै रोज्यौं। त्यो बखत पनि जमिन प्रकृया पुर्याएर नै खरिद गरिएको हो। मन्त्रीपरिषद देखि अन्य बिभागसमेतको परामर्श र स्वीकृतिमा नै खरिद गरिएको हो। तर पछि जब हामीलाई सो जमिन सरकारको हो भन्ने अनुमान भयो त्यो समय हामी धेरै अगाडी पुगेका थियौं, धेरै ढिला भैसकेको थियो।

गत पटक प्रधानमन्त्रीज्यूसँग पनि यो बिषयमा कुरा गरेको छु। अब स्पष्ट रुपमा सो जमिन सरकारको भएको कुरा आइसकेको अवस्थामा हामीसँग तीन विकल्प छन, अध्यक्ष पन्तले भने।

१. तत्काल हामी मुद्धा मामिला र अन्य झमेलामा जाँदैनौं। त्यसो गर्नु कुनै पनि कारणले उपयुक्त छैन, बिषय स्पष्ट छ।

२. जसले हामीलाई यो जग्गा खरिद गर्दा ठगे उनीहरुबाट हाम्रो सावाँ-ब्याज सहित रकम फिर्ता गराई पाउन नेपाल सरकारसँग अनुरोध गर्ने।

३. नेपाल सरकारसँग हामीले बनाएको बिल्डिङ भोगचलन गर्न पाउन अनुरोध गर्ने।

अध्यक्ष पन्तले भने, तत्काल नेपाल सरकारले जे निर्णय गर्छ त्यसमा भर पर्ने कुरा हो। तर पनि संघको बिल्डिङ भोग चलन गर्ने कुरामा भने नेपाल सारकारबाट सहयोग हुने कुरामा आफू आशावादि रहेको छु। यस बिषयमा तुरुन्तै संघको बैठक पनि बस्छ। अनि बिस्तृत धारणा बाहिर ल्याउनेछौं, अध्यक्ष पन्तले भने।