NRNA मा भूकम्प: हटाइएका राणा फिर्ता ल्याउन श्रम अदालतको आदेश

Hollywood Khabar June 21,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको पदाधिकारी (IES) को निर्णयले विगत लामो समय देखि कार्यकारी निर्देशकको रुपमा काम गर्दै आउनु भएका राजेश शंशेर राणालाइ बिना कारण एकै रातमा हटाएर सो पदमा ल्याइएका डा हेमन्त कुमार दवाडीको केस श्रम अदालतले रोकिदिएको छ।

गत जनवरी २०१८ मा गरिएको सो पजनी र नियुक्ति प्रकृया अन्तत प्रचलित कानुन र श्रम ऐनको बिपरित मात्र होइन प्रकृयागत रुपमा अन्यायपूर्ण नै भएको प्रमाणित भएको छ। श्रम अदालतले तत्कालिन कार्यकारी निर्देशक राजेश शंशेर राणालाइ कामबाट हटाइएको कुरा अन्यायपूर्ण भएको ठहर भएकोले भिक्टिम राणालाइ हटाएर अरु (दवाडी) लाइ सो ठाउँमा गरिएको नियुक्ति प्रकृया रोक्नु भन्ने आदेश दिएको छ।

यो न्यायिक आदेशको मतलब राजेश राणा संघको कार्यकारी निर्देशकमा पुनर्बहाली हुने पक्का हो। अब संघको IES ले ल्याइएका डा हेमन्त कुमार दवाडीलाइ बिदा दिएर राजेश शंशेर राणालाइ स्वागत कसरी गर्छ त्यो भने हेर्न बाँकी छ।