-NRNA:अध्यक्षको प्रतिस्पर्धामा पन्तको पहिलो दर्जा, सबै क्षेत्रमा ६०:४० अनुपात

NRNA:अध्यक्षको प्रतिस्पर्धामा पन्तको पहिलो दर्जा, सबै क्षेत्रमा ६०:४० अनुपात

Hollywood Khabar September 15,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१६/१९

गैरआवासीय नेपाली संघको २०१९-२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य दुबैको हाल सम्मको स्थिति ६०:४० को अनुपातमा रहेको नतिजा आएको छ।

हलिउडखवरको फेसबुक पेजबाट संघको मिडल इष्ट, एशिया तथा प्रशान्त, अमेरिकाज, युरोप, ओसनिया र अफ्रिका गरि ६ वटै क्षेत्रमा गरिएको मत पुलका आधारमा कुमार पन्ततर्फ ६० % र कुल आचार्य तर्फ ४०% अनुपातको नतिजा आएको छ। यस्तो सर्भेक्षण कुनै पनि आधिकारिक मिडियाले गर्ने चलन छ। त्यसैले यो जमर्को पनि एउटा मिडियाबाट नै गरिएको हो।

धेरै ब्यकिहरुले यो पटक कसले जित्छ र कसले हार्छ, को कता, कसको समर्थन कता भन्ने जस्ता धेरै प्रश्न गरे। जवाफ दिन हावा कुरा गर्न मिलेन तर पनि एउटा आधारमा टेकेर जवाफ दिनुपर्यो। लेखनमा त झनै प्रमाण हुनुपर्यो। त्यसैले हाल सम्मको जनमत हेर्नको लागि यो पुल गरिएको हो।

वर्ल्डवाइड सर्भेक्षणमा कुमार पन्त तर्फ ६०% र कुल आचार्य तर्फ ४०% को मत देखियो। सेप्टेम्बर १५, २०१९ मा २४ घण्टाको मत सर्भेक्षणमा यो नतिजा आएको हो। त्यसैगरी क्रस चेकमा १० वटा खुल्ला कमेण्टमा ७ मत कुमार पन्त र ३ मत कुल आचार्यतर्फ देखियो। त्यो भनेको पनि ७०%:३० % को अनुपात हो।

पुल आफैमा एउटा पुर्वानुमान गर्ने आधार मात्र हो। यसले पब्लिक सेन्टिमेन्ट देखाउँछ। कतिपयले कतिवटा एनसीसी को तर्फ कति को तर्फ भनेता पनि अन्तिममा हुने आधिकारिक कुरा अक्टुवर १७, २०१९ को मत परिणाम नै हो।

कतिपयले यो निर्वाचनलाइ फेसबुकमा हरेक मिनेट-घण्टामा कसैको फ्ल्यार शेयर गरेका छन्। कसैले आफू कहिल्यै क्लास नलिने, १५/२० वर्ष एउटै कलेजमा भर्ना-रिभर्ना हुन नछोड्ने तर जिन्दगीमा युनियन चुनावमा राष्ट्रबादी मण्डल, अखिल र नेविसंघले काता कता जिते भनेर हिड्नेले पनि आफ्नो राय त्यसैगरी पोखेको देखियो।

वास्तवमा यो कुनै राजनैतिक आस्थाले ठूलो फरक पार्ने संस्था होइन। व्यक्तिले लिएको नीति, संभावना र उसको योगदानले धेरै अर्थ राख्छ। यो जीवन मरणको सवाल होइन, न राजनैतिक तिकडमबाजीको को सवाल नै हो। तर हुनुपर्ने र आवश्यक कुरा चाहिं सँस्थालाइ कसले नेतृत्व गर्दा बढी राम्रो हुन्छ भन्ने सवाल हो।

प्राप्त कमेण्ट मध्ये श्यामबाबु पोखरेलको आकर्षक कमेण्ट यहाँ प्रस्तुत गरिएको छ- यसपाली हुन्न अन्त, पक्कै जित्ने कुमार पन्त !