-NRNA:नयाँ नेतृत्वको पहिलो बैठक, सल्लाहाकार र संरक्षकहरुको मनोनयन

NRNA:नयाँ नेतृत्वको पहिलो बैठक, सल्लाहाकार र संरक्षकहरुको मनोनयन

Hollywood Khabar October 18,2019 Comments

कृष्ण के सी/काठमाडौं/१०/२०/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषदको (एनआरएनए आइसीसी) का अध्यक्ष कुमार पन्तको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको छ। अक्टुवर १७, २०१९ मा भएको निर्वाचनबाट निर्वाचित नयाँ नेतृत्वको पहिलो बैठक सम्पन्न भएको छ।

अक्टुवर १९ मा सम्पन्न बैठकले पूर्व अध्यक्ष डा शेष घलेलाइ प्रमुख संरक्षक र पूर्व अध्यक्षहरु सबै र राम प्रताप थापा समेतलाइ संरक्षकमा मनोनयन गरेको छ। बैठकले प्रवक्ताको मनोनयन आइइएस बैठकले गर्ने गरि अधिकार दिएको कुरा बताइएको छ।

त्यसैगरी सल्लाहकारहरुमा अध्यक्षका उपविजेता कुल आचार्य र अन्य १० जना मनोनित भएका छन्। मनोनित हुनेहरुमा जमुना गुरूड्ग घले, सपिला राजभण्डारी, टि बी कार्की, रामेश्वर शाह, सोम प्रसाद सापकोटा, ए सी शेर्पा, हरिबोल भण्डारी, त्रिलोक गुरूड, पुस्कर तिमिल्सिना र बिश्व आदर्श पण्डित रहका छन्।